एनआईसी एसिया र “सेल पे” बीच सम्झौता

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/August/nic_asia_cell_pay.jpg

काठमाडौं – एनआईसी एसिया बैंक र “सेल पे” बीच सम्झौता भएको छ। सर्भिसमा ग्राहकहरुले पूर्णरुपमा सुविधा उपभोग गर्न पाउने गरी सेल पेसँग सम्झौता गरेको छ।

डिजिटल फाइनान्सियल पार्टनरहरुसँगको सहकार्यलाई अघि बढाउँदै बुधबारबाट संचालनमा आएको “सेल पे” सर्भिसमा ग्राहकहरुले पूर्णरुपमा सुविधा उपभोग गर्न पाउने गरी सेल पेसँग सम्झौता गरिएको बैंकले जनाएको छ।

सेल पे इलेक्ट्रोनिक पेमेन्ट गेटवे हो जहाँ मोबाइल र वेभ एप्लिकेसनको माध्यमबाट बैंकका ग्राहकहरुले आफ्नो खाता प्रयोग गरी विभिन्न कम्पनीहरुका बिलहरु जस्तै बिजुली, खानेपानी, इन्टरनेट, टिभी साथै स्कुल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, अन्तरबैंक फण्ड ट्रान्सफर आदिको सुविधा प्राप्त गर्न सक्नछन्। 

सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सेल पेको तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे।

यस सम्झौतासँगै सेल पे मा ग्राहकहरुले एनआईसी बैंक एकाउन्ट लिंक गरेमा वेलकम बोनसको रुपमा एक सय रुपैयाँ बराबरको मोबाइल टपअप प्राप्त गर्न सक्नेछन्।
 




प्रतिक्रिया