प्रभु बैंकका थप २ नयाँ शाखा सञ्चालनमा 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/prabhu_bank-copy_2.jpg

काठमाडौं – प्रभु बैंक लिमिटेडले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले पर्वत जिल्लाको मोदी गाउँपालिकाको डिमुवा र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको विरेठाँटीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

आफ्ना शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ् सेवा पुर्याउने उद्देश्यका साथ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ। 




प्रतिक्रिया