मिथिलाञ्चलमा ‘मधुश्रावणी’ को रौनक

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/madhushrawani.jpg

जनकपुरधाम – मिथिलाका महिलाहरुले पन्ध्र दिनसम्म पूजा पाठ गरेर मनाउने मधुश्रावणी पर्व सोमबारदेखि सुरु भएको छ। मिथिलामा बसोबास गर्ने नारीहरु आफ्नो पति र परिवारको दिर्घायु एवम समृद्धिको कामना गर्दै मधुश्रावणी मनाउने गर्दछन्।

जनकपुरसहित मिथिला क्षेत्रका गाउँ नगर बस्तीमा मधुश्रावणी पर्वको रौनक बढेको छ। पर्वमा रमेका नव विवाहिता महिलाहरुको जत्था नै श्रृंगारिक गीतमा लय बाँध्दै घर बाहिर निस्केपछि यस पर्वको रौनकता बढेको हो।

मिथिला परम्परा अनुसार मैनापञ्चमी भनिने श्रावण कृष्ण पञ्चमीदेखि श्रावण शुक्ल तृतीयासम्म मनाइने यस पर्वमा नव विवाहिता महिलाले शिव पार्वती र नाग देवताको पूजा आराधना गर्ने परम्परा छ। गाउँका साथीहरुसँग गीत गाउँदै पूजा आराधनाको मुख्य समाग्री फूल टिप्न निस्केका नव विवाहिता महिलाहरुको रसिक गीतको सामुहिक लयले बाटो हिँड्ने जोसुकैको मन तानेको देख्ने गरिन्छ।

विवाह भएको वर्षमा पहिलो पटक आउने यस तिथीमा मनाइने यो पर्व नव विवाहिताले माइती घरमै मनाउने गरेपनि पर्वका सारा सामाग्रीभने पतिले पठाएका नै प्रयोग गर्ने परम्परा रहेको ब्रतालु महिला बताउँछन्।

हरेक दिन साँझ श्रृंगारिएर साथीहरुसँग रमाइलो ठट्टा गर्दै गीतगाउँदै ब्रतालु महिलाहरु छरछिमेक, मठमंदिर र फूलबारीबाट टिपेर ल्याएको फूलले भोलीपल्ट पूजा आराधना गर्ने परम्परा रहेको बताउँछिन् जनकपुर – ४ बस्ने ब्रतालु नेहा मिश्र।
https://www.nicasiabank.com/

साउन महिनाको पंचमी तिथिदेखि १५ दिनसम्म मनाइने यसपर्वमा महिलाहरु मुख्य रुपले गौरी अर्थात पार्वती र नाग देवतालाई पूजा गर्दछन्। 

त्रेता युगमा समेत माता सीताले गौरीको पूजा गरेकोले मधुश्रावणीमा पनि महिलाहरु गौरीको पूजा गर्ने गरेको पछिल्लो ११ वर्षदेखि मधुश्रावणीको कथा सुनाउदै आएकी जनकपुर–९ बस्ने रुक्मीणी देवी कर्णले बताइन्।

पूजा गर्ने क्रममा गाउँ अथवा टोलको वृद्ध महिलाले १५ दिनसम्म तिथि अनुसारको कथा सुनाउने गर्दछन्। साउन महिनाको कृष्ण पक्षको पंचमीदेखि शुक्ल पक्षको तृतीयासम्म मनाइएने यस पर्वको अन्तिम दिन ब्रतालु महिलालाई बल्दै गरेको दियोको तातो तेलले घुँडामा पोल्ने प्रचलन रहेको छ जसलाई स्थानीय भाषामा टेमी भन्ने गरिएको छ।

टेमी दिने पुरानो परम्परा रहेपनि समाजको आधनुकिकरणसँगै ब्रतालुलाई हुनेगरेको कष्टलाई हेर्दै बिस्तारै यसको वैकल्पिक उपायहरु अपनाउने गरिएको छ।

प्रतिक्रिया