साझा पार्टीले दियो मन्त्रीलाई कोट उपहार

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/Sajha.jpg

सामाजिक विकास मन्त्री दल रावललाई जिन्सको कोट उपहार दिँदै दहाल।

सुर्खेत- साझा पार्टीले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई कोट उपहार दिएको छ। 

दलित तथा विपन्नहरुलाई सिलाई–कटाई तालिम दिने बजेटबाट हुम्लाका सरकारी कार्यालयका प्रमुख र मन्त्रीका स्वीकय सचिवले कोट सिलाएको विरोधमा मन्त्रीलाई उपहार दिएको हो। 
साझाका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहालले मन्त्री रावललाई कोट उपहार दिएका हुन्।

केही दिनअघि हुम्लामा दलित तथा गरिबका नाममा आयोजना गरिएको सिलाई कटाई तालिममा जिल्लाका उच्च पदस्थ व्यक्ति (भिआइपी) ले कोट सिलाएका थिए। 

मन्त्रालयको आर्थिक वर्ष ०७५/७६ को नियमित कार्यक्रममा आएको बजेटबाट घरेलु तथा साना उद्योग विकास समिति हुम्लाले उक्त कोट वितरण गर्न थालेको थियो। 

जिल्ला समन्वय समिति प्रमुख दानबहादुर रावत, सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा, प्रमूख जिल्ला अधिकारी धोलकराज ढकाल, सहायक प्रमूख जिल्ला अधिकारी महेशकुमार पोखरेल, कोष तथा लेखा नियन्त्रक राजन रेग्मी, समन्वय अधिकारी रामप्रसाद अधिकारी, जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्तिमगर, शसस्त्र प्रहरी प्रमुख राजकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमूख सञ्जिव चौधरी, नेपाली कांग्रेसका जिल्ला सभापति जयपति रोकाया, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललका स्वकीय सचिव नन्दबहादुर रोकायाका लागि कोट तयार गरिएको थियो। 

तर भिआइपीलाई कोट वितरण गर्न थालेको खबर सञ्चार माध्यममा सार्वजनिक भएपछि ती कोटहरु १२ सय ४८ रुपैयाँमा विक्री गरिने भएको छ। 

सिलाई कटाईमा सम्लग्न दलित तथा विपन्नहरुको क्षमता अभिवृद्धिका लागि गत जेठ १५ गतेदेखि असार २९ गतेसम्म सिलाई कटाई तालिम सञ्चालन गरिएको थियो।

‘दलित तथा विपन्न समुदायका व्यक्तिहरुको क्षमता विकास तालिमको बजेटबाट मन्त्रीका स्वकीय सचिव, प्रमुख जिल्ला अधिकारीले कोट सिलाउनु अन्यायपूर्ण कार्य हो।’ कोट वितरणपछि बोल्दै साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दहालले भने ‘जसको बिरोध स्वरुप मन्त्रिलाई जिन्सको रेडिमेट कोट उपहार दिएका हौं।’ 

गएको जेठ २८ गते पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उपहार स्वरुप २ अर्वको नमुना रातो कार दिएको थियो। सरकारले विकास बजेट रकमान्तर गरी ५२ वटा गाडीहरु किनेर विलासीमा भुल्न थालेको भन्दै विरोध स्वरुप कार उपहार दिएका विवेकशिलले जनाएको थियो।



प्रतिक्रिया