बाढीपहिरोबाट प्रदेश १ मा मृत्यु हुनेको संख्या १५ पुग्यो

/assets/plugins/bower_components/fileman/Uploads/pahiro.jpg

भोजपुरमा पहिरोले भत्काएकाे घर

इटहरी- अविरल वर्षा, बाढी र डुबानको कारण प्रदेश नम्बर १ मा १५ जनाको मृत्यु भएको छ। 

प्रदेश नम्बर १ प्रहरी कार्यालयले जानकारी दिएको जानकारीअनुसार पछिल्ला केही दिनयता आएको बाढी, पहिरो र डुबानबाट ज्यान जानेको संख्या १५ पुगेको हो। 

खोटाङमा ३ जना, झापामा २ जना, ओखलढुंगामा ३ जना, भोजपुरमा ४ जना र सुनसरीमा २ जनाको ज्यान गएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रबक्ता किशोर कुमार दाहालले बताए।



प्रतिक्रिया