आइतबारसम्मै भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/monsoon_Barsa.jpg

काठमाडौं – अविरल वर्षासँगै देशका अधिकांश क्षेत्रमा आएको बाढी र पहिरोका कारण दजनौं मानिसले ज्यान गुमाइरहँदा मौसम पूर्वानुमान महाशाखाले अझै दुई दिन भारी वर्षा हुने अनुमान गरेको छ। 

महाशाखाले आइतबारसम्मै मनसुन अति सक्रिय हुने हुँदा भारी वर्षाको सम्भावना रहेको बताएको छ। 

मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू-भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक अवस्थित रहेको यसको साथै मध्य र पूर्वीनेपाल नजिक एउटा न्यून चापिय क्षेत्र समेत रहेको र यि प्रणालिहरूका कारण आइतबार सम्मै मनसुन सक्रिय भइ भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल देशका धेरै स्थानहरूमा मनसुनी वर्षा जारी रहेको छ। आज पनि देशको पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू-भागका केहि स्थानहरुमा र पश्चिमी भू-भागको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक/दुई ठाउँहरुमा धेरै भारि वर्षा  हुने सम्भावना छ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना समेत रहेको महाशाखाले जानकारी दिएको छ।

देशभर जारी भारी वर्षाका कारण पूर्व र मध्य क्षेत्रका पहाडि भू-भागमा पहिरो जान सक्ने र पूर्वी, मध्य, र पश्चिमी तराई क्षेत्रका नदीहरुमा जलको बहाव र स्तर वढन सक्ने भएकोले उच्च सतर्कता अपनाउन साथै, देशभर बिशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण अवरोध आउने सक्ने भएकोले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।




प्रतिक्रिया