इंग्ल्यान्ड फाइनलमा, अष्ट्रेलिया बाहिरियो

/assets/plugins/bower_components/fileman/Uploads/england.jpg

एजेन्सी- आयोजक इंग्ल्यान्ड अष्ट्रेलियालाई पराजित गर्दै आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा इंग्ल्यान्डलाई ८ विकेटले पराजति गर्दै २७ वर्ष पछि पहिलो पटक एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको हो । 

यसअघि पछिल्लो पटक इंग्ल्यान्ड १९९२ को विश्वकपमा पाइनल पुगेको थियो । इंग्ल्यान्ड यससँगै तेस्रो पटक एकदिवसीय विश्वकपको फाइनलमा पुगेको छ । 

अष्ट्रेलियाले दिएको २ सय २४ रनको मध्यम लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३२.१ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । इंग्ल्यान्डको जितका लागि जोसन रोयले सर्वाधिक ८५ रनको योगदान दिए । उनले मात्र ६५ बल खेल्दै ९ चौका र ५ छक्का प्रहार गर्दै ८५ रनको अर्धशतकीय पारी खेलेका हुन् । 

त्यस्तै जोनी बेयरस्टोले ३४ रनको योगदान दिएका थिए । उनले ४३ बलमा ५ चौका प्रहार गर्दा ३४ रन जोडेका हुन् । बेयरस्टोले पहिलो विकेटका लागि रोयरसँग १२४ रनको साझेदारी गरेका थिए । 

कप्तान इओन मोर्गन र जोए रुटले अविजित ७९ रनको साझेदारी गरे । रुटले ४६ बलमा ८ चौका प्रहार गर्दै ४९ रन जोडे । मोर्गनले ३९ बलमा ८ चौका प्रहार गर्दै ४५ रनको योगदन दिएका हुन् ।अष्ट्रेलियाका लागि पाट कुमिन्स र मिचेल स्र्टाकले एक एक विकेट लिए ।
 
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले निर्धारित ४९ ओभरमा सबै विकेट गुमाउँदै २ सय २३ रन जोडेको थियो । खराव सुरुवात गरेको अष्ट्रेलियाका लागि स्टेभन स्मिथ र एलेक्स क्यारीले टोलीको पारी सम्हालेका थिए । स्मिथ र क्यारीले १०३ रनको साझेदारी गर्दै धरमराएको अष्ट्रेलियाको पारी माथी उकासेको थिए । 

६।१ ओभरमा टोलीको १४ रन पुग्दा स्मिथ र क्यारीले उत्कृष्ट साझेदारी गरेका थिए । स्मिथले ११९ बलमा ६ चौका प्रहार गर्दै ८५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै क्यारीले ७० बलमा ४ चौका प्रहार गर्दै ४६ रुन जोडे । 

ग्लेन म्याक्सवेलले २३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २द्द जोड्दा मिचेल स्टार्कले ३६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोड । अष्ट्रेलियाका अन्य ब्याट्सम्यानले भने इंग्ल्यान्डका बलर सामु दोहोरा अंकमा रन छुन सकेनन् । 

अष्ट्रेलियालाई सस्तैमा समेट्न अदिल राशिद र क्रिस वोक्सले समा तीन तीन विकेट लिए । त्यस्तै जोफ्रा आर्चरले दुई तथा मार्क वुडले एयक विकेट लिए । अब उपाधिका लागि इंग्ल्यान्डले न्युजिल्यान्डको सामना गर्ने छ । न्युजिल्यान्ड बुधबार भएको खेलमा भारतलाई १८ रनले जराजति गर्दै फाइनल पुगि सकेको छ । 



प्रतिक्रिया