विश्‍वमा आज : कहाँ के-के भयो ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/world-copy_1.png

१. पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन्।

पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए। प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो (क्रसिङ) मा रोकिराखेको सामान ढुवानी गर्ने रेल एकआपसमा जुधेका थिए।

स्थानीय प्रहरी अधिकृत ओमार सलामतले जियो न्यूजलाई दुर्घटनाका बारेमा प्रतिक्रिया दिँदै दुर्घटनास्थलबाट कम्तीमा दश जनाको शव बाहिर निकालिएको र ६६ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको जानकारी दिएका छन्।

२. ग्रीसको उत्तरी भेगमा बुधबार साँझपख आएको आँधी तूफानमा परेर छ जना पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ।
थेसालोनिकी नगरको हाल्कीडीकी क्षेत्रमा आएको आँधीमा परेर अरु दर्जनौं व्यक्ति घाइते भएका थिए।

टेलिभिजन फुटेजमा आँधीका कारण कारहरु पल्टिएका, रुखहरु ढलेका र घरका छाना उडाएको देखिएको छ। प्रत्यक्षदर्शीले आँधी करिब २० मिनेटमात्र आएको बताएका छन्। मृत्यु हुनेहरुमा चे, रोमानिया र रुसी नागरिक रहेका छन्। उनीहरुलाई ढलेका रुख र घरका छानाले थिचेको बताइएको छ। स्थानीय प्रशासनले उक्त घटनामा खोज तथा उद्धारको कार्यलाई तिब्र बनाएको छ। ग्रीसमा विगत दुई सातादेखि तापक्रम ३७ डिग्री सेल्सियससम्म पुगेको छ। 

३. अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आगामी सन् २०३० सम्ममा अमेरिकामा २५ प्रतिशतले मृगौला रोगीको संख्यामा कमी ल्याउने घोषणा गरेका छन्।

अमेरिकी सरकारले मृगौला प्रत्यारोपणमा नयाँ र सरल नियम ल्याउने तयारी गरेको छ। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट कृत्रिम मृगौला प्रत्यारोपणका लागि स्वीकृति प्राप्त भएमा स्वास्थ्य क्षेत्रमा थप प्रगति हुने अमेरिकी प्रशासनको विश्वास छ।

स्वास्थ्य तथा मानव संशाधन मन्त्री अलेक्स अजारले राष्ट्रपतिको आदेशको मुख्य लक्ष्य नै सन् २०३० सम्ममा प्रत्यारोपणका लागि मृगौलाको संख्या वृद्धि गर्ने रहेको जानकारी दिए।

४. पाकिस्तानको पूर्वी प्रान्त पञ्जावको आताक जिल्लामा बिहीबार बिहान भएको एक बस दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ। 
एक खाल्डोमा बस खसेर भएको यस दुर्घटनामा १३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३० जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ।

आतोक जिल्लाको हसन अब्दाल क्षेत्रनजिकै रहेको राजमार्गमा सो दुर्घटना भएको हो। चिप्लो बाटो भएको कारण बस खाल्डोमा खसेको बताइएको छ ।
सो बसमा ५९ जना यात्रु सवार रहेका जनाइएको छ। घाइतेमध्ये पाँच जनाको अवस्था चिन्ताजनक भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन्। 
चिप्लो बाटोमा लाहपर्वाहको साथै सवारी साधन चलाउनु नै दुर्घटनाको प्रमुख कारण भएको समाचारमा जनाइएको छ। 

५. इरानको क्रान्तिकारी गार्ड (सेना) ले बेलायती तेल ट्याँकरलाई होर्मुज स्ट्रेटमा अबरुद्ध नगरेको स्पष्ट गरेको छ। बेलायती तेल ट्याँकरलाई इरानी गार्डले आक्रमण गरी नियन्त्रणमा लिन खोजेको भन्ने बेलायती भनाइमा सत्यता नरहेको पनि इरानले जनाएको छ।

इरानी गार्डद्वारा जारी विज्ञप्तिमा विगत २४ घण्टामा बेलायती समेतका कुनै पनि जहाजमाथि आक्रमण नगरिएको उल्लेख छ।

बेलायतले बिहीबार वक्तव्य प्रकाशन गरी तीन वटा इरानी डुङ्गामा आएका सशस्त्र समूहले अरब सागरमा बेलायती तेल ट्याँकरमा आक्रमण प्रयास गरेको दाबी गरेको थियो। बेलायती युद्धपोत एचएमएस मोन्ट्रोजले इरानी आक्रमणलाई निस्तेज बनाएको पनि बेलायतको भनाई छ। विदेशी जहाजलाई नियन्त्रणमा लिन आदेश दिइएको भए इरानी गार्डले कुनै पनि विदेशी जहाजलाई ‘तत्कालै, निर्णायक र तिब्रता’ का साथ गर्न सक्ने इरानले जनाएको छ।

६. लेबनानबाट ९ सय भन्दा बढी सिरियाली शरणार्थी बिहीबार आ–आफ्नो घर  फर्केका छन्।

लेबनानको राजधानी बेरुतसहित सिडोन र बेकाआबाट ती शरणार्थीहरु फर्केका यहाँको स्वतन्त्र पत्रिका एल्नासराले जनाइएको छ। लेबनानी सेनाको निरीक्षणमा ती शरणार्थीहरु फर्केका बताइएको छ।

फर्केका ती शरणार्थीहरुको नामावली संयुक्त राष्ट्र संघीय शरणार्थी उच्च आयोग (युएनएचसिआर) ले सिरियामा रहेका युएनएचसिआरको शाखा कार्यालयलाई जानकारी दिएको छ। ती शरणार्थीहरुलाई कुनै प्रकारको सहयोगको आवश्यता परेमा सो सिरियामा रहेको युएनएचसिआरको कार्यालयले सहयोग गर्ने बताइएको छ। 

लेबनानमा शरणार्थीको रुपमा दर्ता भएका सिरियाली शरणार्थीको सरकारको अनुमानित सङ्ख्या ९ लाख ७६ हजार रहेको युएनएचसिआरले जनाएको छ। तर लेबनानमा १५ लाख सिरियाली शरणार्थी रहेका छन्। 

७.अफगानिस्तानको दक्षिणी प्रान्त हेलमाण्डमा बुधबार भएको एक सुरक्षा कारबाहीमा परी कम्तीमा सात लडाकू मारिएका छन्। तालिबान समर्थक ती लडाकूहरु सात मारिनुका साथै अन्य आठ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल सलाम अफगानले बिहीबार बताएका छन्। 

सुरक्षाबलले एबुम्स थापेर उक्त कारबाही गरेका प्राप्त समाचारमा जनाइएको छ। हेलमाण्ड प्रान्तको पुल सेयाह क्षेत्रमा बुधबार अबेर राति सुरक्षा जाँचचौकी आक्रमण गर्न हिडेका ती तालिबान लडाकू समूहलाई सुरक्षाबलले एम्बुस आक्रमण गरेका बताइएको छ। 

सुरक्षाबल र तालिबान लडाकू समूहबीच भएको दोहोरो गोली हानाहानमा सुरक्षाबलतर्फ कुनै क्षति नभएको जनाइएको छ।
Related image
८. दक्षिण अमेरिकाको खुलेआम तथा अनियन्त्रित भ्रष्टाचार नै यस क्षेत्रको आर्थिक प्रतिस्पर्धात्मक क्षमताका लागि मुख्य बाधक रहेको विश्व प्रसिद्ध क्रेडिट रेटिङ एजेन्सी मूडीजले जनाएको छ। 
दक्षिण अमेरिकाको अर्थतन्त्रमा भ्रष्टाचार बाहेक अरू पक्ष पनि उत्तिकै जल्दाबल्दा रहेको जनाउँदै बुधबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा मूडीजले विश्वव्यापी रुपमा कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव, पूँजी आप्रवाहमा न्यूनता, प्रविधिमा हुने खललता र घट्दो असमानता पनि जिम्मेवार रहेको बताएको छ। 

तर कच्चा सामग्रीको मूल्यमा आएको गिरावट र अस्थिर पूँजी लगानीका बाबजुद समग्र दक्षिण अमेरिकी क्षेत्रको क्रेडिट परिदृश्य तुलनात्मक रुपमा स्थिर रहेको मूडीजले जनाएको छ। प्रतिवेदनमा कच्चा सामग्रीको मूल्य अस्थिरताले खानी उद्योग, तेल र ग्यास क्षेत्रमा लगानीको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने गरेको उल्लेख छ।

९. भारतीय राज्य कर्नाटकमा राजनीतिक संकट गहिरिँदै गएको छ। कर्नाटक राज्यका विद्रोही विधायकहरुले दिएको राजीनामा सभामुखले जानाजान बेवास्ता गरेको आरोप लगाएका छन्।

१०. अमेरिकाको निरन्तरको आर्थिक नाकाबन्दीबाट जर्जर भएको क्युबाली अर्थतन्त्रलाई चिनियाँ लगानीकर्ताहरुले थोरै टेवा पुर्याउने कोशिस गरेका छन्। यसका लागि क्युबाली राष्ट्रपति निकेल दियाथ कानेलले आवश्यक कानूनी प्राबधानहरु व्यवस्थित गर्ने जनाएका छन्।




प्रतिक्रिया