किस्टको विशेषता : विद्यार्थीमैत्री शैक्षिक वातावरण 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/kist_college.jpg

काठमाडौं – दुई दशकभन्दा लामो समयदेखि विज्ञान र प्रविधिको क्षेत्रमा काठमाडौं इन्स्टीच्यूट अफ साइन्स एण्ड टेक्नोलोजी (किस्ट) उच्च माध्यमिक विद्यालय विद्यार्थीहरूको रोजाइमा पर्ने गरेको छ। यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकायमा अध्ययापन गर्ने गरिन्छ। 

सन् १९९५ मा स्थापित यस किस्ट कलेजले स्नातक तथा स्नातकोत्तरको लागि पनि प्रस्ताव गरेको छ। २४ वर्षको लामो अनुभवमा किस्ट कलेजको आफ्नै इतिहास रहेको छ। 

गुणस्तरीय तथा राम्रो शैक्षिक वातावरण नै पहिलो प्राथमिकता रहेको किस्टका प्रधानाध्यापक डा. डम्बर सिंह ऐरले बताए। अनुशासित विद्यार्र्थीहरू किस्टको अर्को गहना वा उपलब्धी मान्नु पर्ने उनले बताए। किस्टमा बिहानी तथा दिवा समूहमा अध्ययन अध्यापन भइरहेको छ। 

किन किस्ट नै रोज्ने ? 

किस्टको २४ वर्षको यो लामोयात्रा नै पहिलो कारण हो। लामो समयको निरन्तरता नै यसको पहिचान बनेको छ। यसका साथै, भौतिक सुविधामा पनि कुनै कसर बाँकी नराखेको प्रधानाध्यापक डा. डम्बर सिंह ऐरले बताए। किस्टको साइन्स ल्याब सबैभन्दा राम्रो ल्याब रहेको ठोकुवा ऐरको छ। त्यस्तै, लाइब्रेरी, आइसिटी सेन्टर, यातायातको सूविधा पनि किस्टमा अन्यको तुलनामा राम्रो रहेको ऐरले बताए। 

विद्यार्थीलाई पूर्ण रूपमा स्वस्थ वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्नुका साथै किस्टले ट्युटोरियल सिस्टम, प्रिपेरेशन तथा काउन्सिलिङ क्लास पनि दिने गरेको छ।
https://www.nicasiabank.com/

अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा पनि किस्टले उतिकै ध्यान दिएको छ। कलेजमा रहेका विभिन्न सोसल वेलफेयर क्लब, स्र्पोटस, युथ रेडक्रस क्बलले अतिरिक्त क्रियाकलापमा जोड दिइरहेका छन्। यी क्लबले विद्यार्थीलाई पढाइबाहेकका अन्य क्षेत्रमा पनि संलग्न राख्दछ।

यस्ता छन् विशेषता 

किस्टले दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराउँदै आएको छ। विद्यार्थी जीवनमा आउने विभिन्न मानसिक, शैक्षिक परामर्श, करिअर प्लानिङ्ग, काउन्सिलिङ्ग जस्ता विद्यार्थी केन्द्रित कार्यक्रम पनि कलेजले सञ्चालन गर्ने गर्छ।

प्रवेश परीक्षाका सर्वोत्कृष्ट विद्यार्थी, एसईईमा ल्याएको नतिजा तथा किस्टमा नै आन्तरिक परीक्षामा विद्यार्थीहरूको प्रदर्शन तथा मेधावी विद्यार्थीहरूलाई पूर्ण तथा आंशिक छात्रवृतिको व्यवस्था यहाँ रहेको छ। 

किस्टका उत्पादनहरूले बजारमा सदैव राम्रो र उच्च स्थानमा बसेर काम गरिरहेका प्रधानाध्यापक ऐर बताउँछन्।

प्रतिक्रिया