सञ्चारमन्त्री भन्छन्, ‘कम्युनिकेशन ग्याप भएको हो, प्रधानमन्त्रीको दोष छैन’

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/Gokul.jpg

काठमाडौ- सरकारका प्रबक्ता गोकुल बाँस्कोटाले कम्युनिकेशन ग्यापका कारण  प्रधानमन्त्रीलाई भारतीय दुतावासको विषादी परिक्षण रोक्ने सम्बन्धी पत्रबारे जानकारी नभएको बताएका छन्।

विहिबार मन्त्रीपरिषद्को निर्णय सुनाउनको लागि गरिएको कार्यक्रममा मन्त्री बास्कोटाले प्रधानमन्त्रीले देश चलाए पनि सुचना लिने निकायबाट राम्रो सुचना नपाउँदा भ्रममा परेको भन्दै, ‘यदी कसैले झुक्याउँछ भने प्रधानमन्त्रीको दोष हो र ?’ भने।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भातीय दुतावासले पठाएको विषादी रोक्ने पत्रबारे आफूलाई जानकारी नभएको बताएका थिए। 

बाँस्कोटाले आगामी कार्तिकदेखि विषादी परिक्षण विना कुनै पनि देशको तरकारी वा फलफुल विक्रि वितरण गर्न नपाईने भन्दै यो विश्व व्यापार संगठनको सदस्य राष्ट्रले लागु गनुपर्ने विषय भएको जिकिर गरे।

उनले आगामी कार्तिकदेखि विषादी परिक्षणको प्रमाणपत्र विना कारोबार गर्न नपाइने पनि जानकारी दिए। 

चालु आर्थिक बर्षमा भारतबाट नेपालमा भित्रिएको १९ सय भन्दा बढी ट्रकमध्ये ९९.७९ प्रतिशत विषादीरहित रहेको र ४ वटामा मात्र विषादी पाइएको उनले स्पष्ट पारे। 

उनले तरकारीमा आत्मनिर्भर बन्नको लागि फेसवुकमा सरकारको नराम्रो बखान गाउनुभन्दा गमलामा खुर्सानी रोपौ भनेर प्रचार गर्नुपर्ने धारणा राखे।

मन्त्रीपरिषद्को बैठकमा उपनिर्वाचन सम्बन्धी छलफल भएको भएपनि साउनमा सम्भव नहुने भएकोले सो विषयमा कुनै निर्णय नभएको मन्त्री बास्कोटाले स्पष्ट पारे। 

त्यस्तै उनले आइफा अवार्डको कार्यक्रमबारे  धेरै भ्रम फैलाएको दावी गर्दै उनले भारतबाट आएको प्रस्तावमा १६ वटा बुँदामा असहमति राखेर नेपाल पर्यटन बोर्डले फिर्ता पठाएको कुरा बाहिर नआएको गुनासो गरे। 

उनले आइफा अवार्डको कार्यक्रम नेपालमा गर्दा भिजिट नेपाल २०२० लाई प्रमोसन हुन्छ भने गर्नुपर्ने भन्दै कमजोर जगमा उठेको नेपालको राष्ट्रबाद नभएको बताए। 

सरकारले घाटाको व्यापार नगर्ने बताउँदै आइफा अवार्ड नेपालमा गर्दा नेपालमा फाइदा हुन्छ भने पछि नहड्ने उनको संकेत थियो।

उनले नेपाली कांग्रेसलाई लक्षित गर्दै नाकाबन्दीका बेलामा एउटा विज्ञप्तिसमेत निकाल्न नसक्नेले अन्य कुरामा बोल्दा अनौठो लागेको बताए। 



प्रतिक्रिया