शशीको जन्मदिनमा 'देशको माया' उपहार

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/shashi_nepal.jpg

काठमाडौं- 'आफ्नो भन्दा धेरै माया लाग्छ मलाई मेरै देशको' बोल गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ  । 

समाचारवाचिका शशि नेपालले अभिनय रहेको यो गीतको भिडियो उनकै जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो । 

साहित्यकार ओम प्रकाश निरौलाको संगित र शब्द रहेको गितमा गायनका लागि उनलाई कविता बराइलीले साथ दिएकी छिन् । म्युजिक भिडियोको सिमान्त थापाले निर्देशन गरेका छन् । 

टेलिभिजनको स्क्रिनमार्फत चिनिएकी नेपाललाई आफ्नो गितमा अभिनय गराउँन पाएकोमा गितका सर्जक निरौलाले खुसी व्यक्त गरे । समाचारवाचिक नेपालले पनि
पहिलो पटक म्युजिक भिडियोमा अभिनय गर्न पाएको खुसी  व्यक्त गरिन् । 

३ वर्ष एबिसी टेलिभिजनमा समाचार पढेकी नेपाल पछिल्लो एक वर्षदेखि प्राइम टाइम्स टेलिभिजनमा समाचार बाचनसँगै संवाददाताको रुपमा कार्यरत छिन् । 

हेर्नुहोस् गीतको म्यूजिक भिडियो 
 




प्रतिक्रिया