संसद सरकारको छायाँ बन्यो : गगन थापा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/Gagan_Thapa.jpg

काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले संसद सरकारको छायाँको रुपमा सिमिति हुदै गएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकपछि संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै थापाले सरकारको छायाँको रुपमा सिमिति भएको संसदका सभामुखले पनि स्वतन्त्र भुमिका निर्वाह गर्न नसकेको आरोप लगाएका हुन्।

प्रतिपक्षी दललाई पेलेर जाने नियत सरकारले राखेको र त्यसैलाई सभामुखले अनुसरण गरेको टिप्पणी उनले गरे। उथापाले संसदीय समितिको सामना गर्न सरकार र समिति गठन गर्न सभामुख तयार हुनुपर्ने बताए।

उनले भने, ‘एकपटक फेरी नेपालको संसद नेपालको सरकारको छायाँको रुपमा सिमिति रहेको छ। सभामुखले स्वतन्त्र भुमिका निर्वाह गर्न सक्नुभएको छैन। संसद प्रति सांसदकै भरोसा टुट्छ भने आम व्यक्तिहरुको भरोसा के रहन्छ ? पेलेर जाने रबैया, नियत राख्नुभएको छ। यसले सभामुख दिनप्रतिदिन हाम्रो विश्वास गुमाउदै हुनुहुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ। जबसम्म संसदीय छानविन समिति बन्दैन तबसम्म प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसद चल्ने कुरामा हाम्रो सहयोग रहँदैन। सरकारे यसको सामना गर्न र सभामुख यो बनाउन तयार हुनुपर्छ।’
मंगलबारको बैठकमा संसदीय समिति गठन गर्नेमा सकारात्मक रहेका सभामुख सरकारको निर्देशनपछि पछि हटेको दाबी सांसद थापाले गरे।

उनले भने, ‘संसदीय छानविन समिति बनाउने सवालमा सरकार पक्षका सांसदहरुले हामी तयार छैनौँ भन्नुभयो। कानुन मन्त्रीले तयार छैन भनेपछि उहाँहरुले जे कुरा भन्नुभो सभामुखले त्यही कुरा मान्नुभयो। कम्तीमा हामी एकजना सांसदले कुरा राख्छौँ भन्दा कुरासमेत पनि राख्न नदिने। किन कि सरकारवालाको कुरा आज बोल्न पनि नदिने भनिसकेपछि त्यो चाही आदेश पालना गरे जस्तो भयो।’

गगनले थपे, ‘हिजोको बैठकमा मन्त्रीले भन्नुभयो म संसदीय समितिको सामना गर्न तयार छु। सभामुखले भन्नुभयो म पोजेटिभ छु, बनाउँछु। तर त्यसपछाडि उहाँ आज प्रमुख प्रतिपक्षी दल उठ्दै गर्दा संसद चलाउन तयार हुनुहुन्छ। आफै पोजेटिभ भएको छानविन समिति बनाउन तयार हुनुहुन्न भनेपछि यो संसद सभामुखले चलाउनुभएको छ वा सरकार चलाउने मान्छे आफैले संसद चलाईरहेको छ ?’

उनले सर्लाहीका दुई भिन्न भिन्न घटना सामान्य नभएकाले सत्यतथ्यमा नपुगे भविश्यमा लोकतन्त्रलाई नै खतरामा पार्न सक्छ भन्ने मानेर आफूहरुले संसदीय छानविन समिति गठनको माग गरेको स्पष्ट पारे।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले हरेक कुरामा संसदीय छाननिव समिति गठन हुन नसक्ने प्रतिक्रिया दिए।

कांग्रेस र राजपाका सांसदले सर्लाहीका दुई घटनाको सत्यतथ्य पत्ता लगाउन संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेर उभिइरहेकै बेला सभामुखले बैठकको कार्यसूची अगाडि बढाएपछि सांसदहरुले रोष्टम घेराउ गरेका थिए। 



प्रतिक्रिया