भोजपुर घटना : नाकाहरुमा सुरक्षा व्यवस्था कडा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/Police.jpg

काठमाडौं – प्रहरीले भोजपुर सदरमुकामसहित जिल्लाका विभिन्न नाकामा सुरक्षा व्यवस्था कडा पारेको छ। बुधबार बिहान सदरमुकाममा भएको झडपमा प्रहरीसहित दुई जनाको मृत्यु भएपछि प्रहरीले सर्च अपरेसन तीव्र पारेको हो।

नेकपा कार्यकर्ता सदरमुकाम छिरेको सूचना पाएपछि बुधबार बिहान प्रहरीको सर्च अपरेसनमा विप्लव समूहका लडाकुले गोली चलाएपछि प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको छ। गोली चलाउने विप्लव समूहका ओखलढुंगा इन्चार्ज नीरकुमार राई प्रहरीको जबाफी कारबाहीमा मारिएका छन्।  

भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार विप्लव कार्यकर्ता हतियारसहित हटियालाइनको पानधारे होटलमा बसेको सूचना पाएपछि सादा पोसाकका प्रहरी परिचालन गरिएको थियो।

बिहान पौने ९ बजे सदरमुकामको पानधारे होटलमा रहेका विप्लव कार्यकर्ता नीरकुमार राईलाई प्रहरी जवान सञ्जीव राईले नियन्त्रणमा लिने प्रयास गरेका थिए। नीरकुमार भाग्ने प्रयास गरेपछि सञ्जीवले उनको हात समाते। यत्तिकैमा नीरकुमारले चलाएको गोली सञ्जीवको देब्रे कोखमा लाग्यो ।

गोली लागेर ढलेका प्रहरी जवान राईले नीरकुमारलाई नियन्त्रणमा लिने प्रयास गरिरहे । निरकुमार राई भाग्ने प्रयास गर्दै थिए । उनीहरु दुबैको अस्पतालमा मृत्यु भएको थियो।

थप सात राउन्ड गोली बरामद

पानधारे होटल नजिकै थप ७ राउन्ड गोली र चाइनिज पेस्तोलमा लाग्ने म्यागेजिन प्रहरीले बरामद गरेको छ । प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार उक्त घटनामा संलग्न अन्य लडाकु पक्राउ गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका सर्च अपरेसन चलाएको छ। घाइते सोम भट्टराईको थप उपचारका लागि धरान पठाउने तयारी भइरहेको छ।




प्रतिक्रिया