सिरिन्ज आतंकको अफवाह : झन्डै लियो निर्दोषको ज्यान

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/khagendra_kutpit.jpg

काठमाडौं- काठमाडौंबाट गुडेको बस सोमबार बिहान ११ बजे काभ्रेको धुलिखेलमा पुगेर अडियो। बसमा यात्रुको चाप थियो । त्यही भीडमा थिए खगेन्द्र पाठक पनि ।

स्याङ्जा उदियाचौरस्थित सरस्वती माविमा विज्ञान शिक्षक खगेन्द्र बर्खे बिदाको सदुपयोग गर्दै काठमाडौंमा लोकसेवाको तयारी गर्न आएका थिए । त्यस दिन उनी धुलिखेल अस्पतालमा उपचाररत ठूलीआमाका छोरा भेट्न जाँदै थिए।

खगेन्द्र बसबाट ओर्लंदै गर्दा एक युवतीले आफ्नो शरीरमा सिरिन्ज आक्रमण गरेको भन्दै खगेन्द्रमाथि खनिइन्। त्यसपछि उनी बसका सहयात्री र स्थानीयको निसानामा परे।

सिरिन्ज आक्रमणकारीको आरोपमा खगेन्द्रमाथि अन्धाधुन्द कुटपिट सुरु भयो। उनले एक शब्द पनि बोल्ने मौका पाएनन्। घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट टोली खटियो।  

काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटा भन्छन्, 'सिरिन्ज आक्रमण गरेको आरोपमा स्थानीयले खगेन्द्रमाथि निर्घात कुटपटि गरिरहेका थिए। घटनाको सूचना पाएपछि हामी तत्काल परिचालित भयौँ। खगेन्द्रलाई उद्धार गर्न सफल भयौँ।'

यस्तो थियो घटना

https://www.nicasiabank.com/
धुलिखेल बसपार्कमा बस रोकिएपछि अगाडि रहेकी एक १९ वर्षीया युवतीलाई हातमा कसले घोचेजस्तो भयो। ती युवतीले हात हेरिन्। सानो दागजस्तो देखिन्।

दाग युवतीले सिरिन्ज आक्रमण हुनसक्ने भन्दै सँगै रहेकी अर्की युवतीलाई सिरिन्जले घोचेको आरोप लागाइन्। ती युवतीले आफूले नभई खगेन्द्रतर्फ संकेत गर्दै उनले घोचेको हुन सक्ने बताइन्। त्यसपछि बसका यात्रु सबै खगेन्द्रमाथि जाइलागे।

खगेन्द्रले बाल्ने मौका पाएनन्। उनीमाथि निरन्तर आक्रमण भइरह्यो। केहीबेरपछि प्रहरीले उद्धार गर्‍यो। उनलाई नियन्त्रणमा लिई लिई ९ घण्टासम्म अनुसन्धान गर्‍यो । खगेन्द्र दोषी रहेको कुनै प्रमाण जुट्न नसकेपछि तारेखमा रिहा भएका छन्।

खगेन्द्रका सहपाठी टंक गैरे भन्छन्, 'यो घटनाले मनमा विचलन ल्याएको छ। मेहनती र असल खगेन्द्रले अहिलेसम्म कुनै नराम्रो काम गरेको जानकारी छैन ।' साहित्यमा रुचि राख्ने खगेन्द्र कविता पनि लेख्छन्। सहपाठी गैरे भन्छन्, 'यो घटनाले हाम्रो समाज कता जाँदैछ ? समाजमा आपराधिक मानसिकता कसरी मौलाउँदै गएको छ भन्ने स्पष्ट हुन्छ।'

खगेन्द्र अहिले बोल्न सक्ने अवस्थामा छैनन्। खगेन्द्रका भाइ ज्ञानप्रसाद पाठक भन्छन्, 'परिवारकै सीधा र मेहनती हुन् खगेन्द्र।' खगेन्द्रका दाजुले काठमाडौंको सुन्धारामा पर्वत शिखर गेस्टहाउस चलाउँदै आएका छन्। केही समयदेखि सोही होटलमा बसेर लोकसेवाको तयारीमा थिए। ज्ञानप्रसाद भन्छन्, 'समयमै प्रहरी नआएको भए दाजुको मुख देख्न पाउने थिएनौँ ।'

सिरिन्ज आक्रमण भएको आरोप लगाउने युवतीको स्वास्थ्य परीक्षण गरिएको छ। स्रोतका अनुसार उनीमाथि सिरिन्ज आक्रमण भएको रिपोर्ट आएन।

प्रतिक्रिया