प्रहरी र विप्लवबीच भिडन्त : प्रहरीसहित दुईको मृत्यु

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/Bhojpur_Bhidanta.jpg

काठमाडौं- भोजपुर जिल्लाको सदरमुकाममा प्रहरी र विप्लवका कार्यकर्ताबीच बुधबार बिहान दोहोरो झडप हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एकजना प्रहरी र अर्का विप्लवका कार्यकर्ता रहेको भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए ।

भोजपुर बजारको हटियालाइनको पानधारे होटलअगाडि ड्युटीमा रहेका प्रहरीमाथि विप्लवका कार्यकर्ता नीरकुमार कुमार राईले आक्रमण गरेपछि प्रहरी जवान सञ्जीव राईले पनि प्रतिकार गरेका थिए ।

उनीहरू दुवैजनालाई गोली लागेको थियो । गोली लागेर घाइते भएका दुवै जनाको भोजपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको खतिवडाले बताए ।

विप्लव कार्यकर्ता राईको साथबाट एक पेस्तोल र ६ राउन्ड गोली बरामद भएको भोजपुुर प्रहरीले जनाएको छ। राई विप्लव समुहका ओखलढुङ्गा पूर्व इन्चार्ज रहेको बताइएको छ । 

सरकारले गत फागुनमा विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएपछि विप्लव समूह झन् आक्रामक बन्दै आएको छ । 

यस क्रममा प्रहरीसँगको भिडन्तमा राईसहित विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेल र भोजपुरमै विप्लवका कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको छ। 

यसैगरी राजधानीमा आफैंले बम विस्फोट गराउने तयारी गर्दा वैशाखमा  विप्वलका पाँच कार्यकर्ताको मृत्यु भएको थियो ।



प्रतिक्रिया