बर्दीको बदनाम आइजिपीबाटै 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/police_news.jpg

काठमाडौं- प्रहरी समाजमा हुने अमर्यादित क्रियाकलाप नियन्त्रण गर्ने निकाय। सरकारको जनतासम्म दैनिक साक्षात्कार गर्ने जिम्मेवार शक्ति। सत्य, सेवा, सुरक्षा नेपाल प्रहरीको आदर्श हो।

फिल्डमा खटिने प्रहरीको व्यथा थोरैलाई मात्र थाहा छ। कतिपय प्रहरी युनिट जस्ताको छाना पनि छैन। अन्य भौतिक पूर्वाधारको त के कुरा ? साधनस्रोत अभावका कारण प्रहरीको दैनिक कारबाही र उसले गर्ने कार्यसम्पादन कम जटिल छैन। 

तर नेपाल प्रहरीको कमान्ड समाल्ने अधिकांश पूर्वआईजीपी ठूलाठूला भ्रष्टाचारमा फसिरहेका छन्। देश र जनताको सुरक्षामा कसम खाएका प्रहरीका अभिभावकबाटै भएका गलत क्रियाकलापको दोष जवानसम्म पुग्ने गरेको छ। संगठनमै दाग लाग्ने गरी प्रहरी नेतृत्व मुछिएका केही घटना यस्ता छन्-

डिबी लामाको पहिलो भ्रष्टाचार काण्ड

डिबी लामा भ्रष्टाचारमा परी जेल जाने नेपाल प्रहरीका पहिलो आइजिपी हुन्। भष्टाचार र अकुत सम्पत्ति आर्जन गरेको आरोपमा लामा दोषी ठहर भई जेल गएका थिए। 

०३९ सालमा नेपाल प्रहरीको ११ औं आइजिपी बनेका लामा एक करोड बढीको सम्पत्तिको स्रोत नखुलेपछि भ्रष्टाचारी ठहर भएका थिए।  तत्कालीन युवराज धीरेन्द्रका अंगरक्षक बनेका लामाले एक वर्ष जेल सजाय पाएका थिए।

बोहोरामाथि डेढ वर्ष कैद फैसला

नेपाल प्रहरीका १४ औंआइजिपी बन्न सफल तत्कालीन आइजिपी मोतीलाल बोहोराविरुद्ध भ्रष्टाचारको मुद्दा परेको थियो। विशेष अदालतले बोहोराले भ्रष्टाचार गरेको ठहर गरी डेढ वर्ष कैद, २६ लाख ८३ हजार रुपैयाँ जरिबाना तथा सोहीबमोजिमको बिगो जरिबाना गर्ने फैसला भएको थियो।

२०४९ फागुनदेखि ०५३ फागुनसम्म नेपाल प्रहरीको आइजिपी बनेका बोहोराको दुई करोड ३८ लाख सम्पत्तिको स्रोत नखुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६१ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। बोहोराको मुद्दा सर्वोच्चमा पुगेको थियो। बोहोराले केही समयअघि सर्वोच्चबाट सफाइ पाएका छन्। 

खरेलमाथि डेढ करोड भ्रष्टाचार गरेको आरोप

नेपाल प्रहरीका १५ औं आइजिपी अच्युतकृष्ण खरेलमाथि पनि भ्रष्टाचार आरोपमा मुद्दा पर्‍यो। खरेलको आइजिपी यात्रा रोचक छ। 

२०५३ फागुनमा आइजिपी बनेका खरेलको एक महिनामा सरुवा भयो अनुसन्धान विभागमा। तत्कालीन गृहमन्त्री वामदेव गौतमले खरेललाई सरुवा गरिदिए। आइजिपी सरुवा गर्ने व्यवस्था थिएन। खुमबहादुर खड्का गृहमन्त्री बनेपछि २०५४ मा उनको पुनर्बहाली भयो।
 
अख्तियारले खरेलले भ्रष्टाचार गरी १ करोड ६३ लाख ३६ हजार १ सय ३० रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको र उक्त सम्पत्तिको स्रोत पुष्टि नभएको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
https://www.nicasiabank.com/
 
मुद्दाको हदम्याद देखाउँदै विशेष अदालतले मुद्दाको हदम्याद देखाउँदै खारेज गरेसँगै खरेलको मुद्दा सर्वोच्चमा पुगेको थियो। उनले पनि सफाइ पाइसकेका छन्।

२९ करोड घोटालामा मुछिएका राणा

नेपाल प्रहरीका १९ औं आइजिपी ओमविक्रम राणा सम्भवतः सबैभन्दा भ्रष्टाचार आरोपमा जेल जाने पूर्वआइजिपी हुन्। 

नेपाल प्रहरीको एपिसी खरिदमा भएको भ्रष्टाचार काण्डलाई सुडान घोटाला भनिएको छ। एक मुख्य आरोपित राणासहित अन्य दुईजना आइजिपीसहित ३४ जना प्रहरीको मिलेमतोमा सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका प्रहरीका लागि आवश्यक सामग्री र यातायात साधन खरिद गर्दा २९ करोड घोटाला भएको थियो।

अख्तियारले सुडान घोटाला मुद्दा विशेष अदालतमा दर्ता गरेको थियो अदालतले समेत उक्त घोटाला भएको ठहर गरी राणासँग १५ करोड धरौटी मागेको थियो। 
 
विशेषका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले राणासँग १५ करोड धरौटी मागेको हो। विशेषले मागेको धरौटी बुझाउन नसकेपछि आइजिपी राणा जेल चलान भएका थिए।

सुडान घोटालामा मुछिएका ठकुरीसहित २४ प्रहरी अधिकारी

नेपाल प्रहरीका २१ औं आइजिपी रमेश चन्द ठकुरी पनि सुडान घोटालामा दोषी ठहर भई जेल चलान भएका छन्। 

तत्कालीन प्रधानन्याधीश सुशीला कार्कीसहितको पुर्ण इजलासले तीन पूर्वआईजीपीसहित ३४ प्रहरी अधिकारी र एक बेलायती ठेकेदारलाई दोषी ठहर गरेको थियो। 

सर्वोच्चको फैसलालगत्तै फरार ठकुरीले केही दिनअघि सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए। उनलाई फैसला कार्यान्वयनका लागि डिल्ली बजार कारागार चलान गरिएको छ। सुडान घोटालमा २९ करोड भ्रष्टाचार संलग्न ठकुरीमाथि सर्वोच्च अदालतले एक वर्षको कैद तथा ४० हजार जरिबाना ठहर गरिसकेको छ।

त्यस्तै सुडान घोटालामा मुछिएका पूर्व आइजिपी हेमबाहादुर गुरुङ सर्वोच्च अदालतबाट दोषी ठहर भई कैद भुक्तान गरिरहेका छन्। उनीसँग विशेष अदालतले ५ करोड धरौटी मागेको थियो। उनले एक वर्ष कैद  र ४० हजार जरिबान सजाय भोगिरहेका छन्। 
 

प्रतिक्रिया