भारत र न्युजिल्यान्डबीचको खेल वर्षाले रोकियो

/assets/plugins/bower_components/fileman/Uploads/india_vs_news_land.jpg

एजेन्सी- इंग्ल्यान्डमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत भारत र न्युजिल्यान्डबीचको खेल वर्षका कारण रोकिएको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेट गुमाउँदै २ सय ११ रन जोड्दा भारी वर्षा भएपछि खेल रोकिएको हो । 

रोज टेयलर ८५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ६७ रनमा अविजित छन् । उनीसँगै विकेटकीपर ब्याट्सम्यान टोम लाथम ३ रनमा अविजित छन् । चौथो ओभरको तेस्रो बलमा टोलीको १ रन हुँदा पहिलो विकेटको रुपमा मार्टिन गुप्टिललाई गुमाएको न्युजिल्यान्डले १९ औं ओभरमा ६९ रन पुग्दा हेन्री निकोलसलाई गुमाएको थियो । 

खराव अवस्थाबाट गुज्रिएको न्युजिल्यान्डलाई कप्तान केन विलियमसनले सम्हालेका थिए । उनले निकोलससँग ६८ रनको साझेदारी गर्दा रोज टेयलरसँग ६५ रनको साझेदारी गरेका थिए । केनले ९५ बलमा ६ चौका प्रहार गर्दै ६७ रनको अर्धशतकीय पारी खेले । 

यसअघि पहिलो विकेटको रुपमा १ रनको गुप्टिल आउट हुँदा २८ रनामा निकोलस पेभिलियन फर्किएका थिए । जेम्स नीशामले १२ र कोलिन डे ग्रान्डोमेले १६ रन जोडे । भारतका लागि जसप्रित बुम्राह, युजेन्द्र चाहल, हार्दीक पाण्डेय र रबिन्द्र जडेजाले एक एक विकेट लिए ।



प्रतिक्रिया