गभर्नरले भने : राष्ट्र बैंकलाई ‘कन्फ्युज’ पार्न नखोज्‍नुस् 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/NP_Ktm.jpg

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले केन्द्रीय बैंकलाई कन्फ्युज पार्ने प्रयास नगर्न भनेका छन्।

सोमबार राष्ट्र बैंकले आगामी मौद्रिक नीतिका लागि सरोकारवालासँग सुझाब संकलन गर्ने कार्यक्रममा गभर्नर नेपालले बैंकरहरुलाई विभिन्न देशको उदाहरण ल्याएर केन्द्रीय बैंकलाई कन्फ्युजमा नपार्न  आग्रह गरेका हुन्। 

गभर्नर नेपालले भने, ‘राष्ट्र बैंकलाई कन्फ्युजमा पार्ने कोशिष कसैले नगरे हुन्छ।, राष्ट्र बैंक अनुसन्धान विभागका कर्मचारीहरुसँग धेरै राम्रो ज्ञान छ, उनीहरु तीन तीन महिनामा विदेश भ्रमण गरिरहेका हुन्छन्,। त्यहाँको बैकिङ प्रणालीबारे पनि धेरै नै अपडेट छन्।’ 

उनले बैंक अफ काठमाडौका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शोभवदेव पन्तमाथि कटाक्ष गर्दै भने, ‘विभिन्न देशमा मर्जरको विषय किन उठेको छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ, पछिल्लो समयमा अमेरिकामा समेत बैंकहरु मर्जरमा जानुपर्ने कुराहरु उठिरहेका छन्।’

मौद्रिक नीतिमा सुझाव दिने क्रममा सिईओ पन्तले मलेसियाको बैंकिङ क्षेत्रले मर्जरपछि विभिन्न समस्या भोगिरहेको र त्यहाँ मर्जरको आलोचना भइरहेको बताएका थिए। उनले मर्जरपछि आउने सक्ने अवस्थाको राम्रोसँग अध्ययन गरेर मात्र बिग मर्जरको नीति ल्याउनुपर्ने धारणा राखेका थिए। 

डा.नेपालले पछिल्लो समयमा विश्वभर बैंकिङ क्षेत्रले आइटीमा लगानी गरिरहेको र आईटीको कष्ट धेरै भएकोले पनि बैंकहरु मर्ज भएमा आइटीमा प्रसस्त लगानी गर्न सक्ने धारणा राखे। 

उनले बैंक बलियो बनाउन, आइटीमा लगानी बढाउन र पैसाको मुभमेन्टलाई कम गराउनका लागि पनि मर्जर आवश्यक भएको भन्दै अब राष्ट्र बैंकले पहिले जस्तो मर्जका लागि असिमित समय नदिने स्पष्ट पारे। 

उनले भने,‘अव २०६२ तिरको जसरी मर्जका लागि असिमित समय दिइदैन। समय थोरै हुने भएकोले बैंक तथा वित्तिय संस्था र नीजि क्षेत्रले मर्जका लागि सहयोग गरिदिनुस्।’



प्रतिक्रिया