विश्‍वमा आज : कहाँ के-के भयो ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/world.png

आज विश्वभर के भयो हेर्नुहोस् मुख्य १० समाचार

१. अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटको घटनामा कम्तीमा १२ जना मारिएका छन्। कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्ति वार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटका घटना भइरहेका छन्। 

आइतबार भएको विस्फोट पनि त्यसैको श्रृङ्खला भएको र विस्फोटमा परी अरु कैयौं घाइते भएको जनाइएको छ। गुप्तचरसम्वन्धी एक कार्यालय नजिकै विस्फोट भएको हो।

अमेरिकी सहजकर्ताको समन्वयमा अफगानिस्तानी प्रतिनिधि र तालिवान लडाकूको पक्षबीचमा दोहामा शान्ति वार्ता भइरहेको छ। अफगानिस्तानमा १८ बर्षदेखि जारी द्वन्द्व समाधानका लागि अमेरिकाले प्रयास गरेपनि खासै उपलब्धी हुनभने सकेको छैन। 

२. अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री टरिजा मेले उत्तर कोरियाको बारेमा छलफल गरेका छन्। टेलिफोनमार्फत् शुक्रबार छलफल भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। उनीहरूले वासिङ्टन र लण्डनको सहकार्य, राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा, परमाणु हतियार लगायतका बारेमा पनि छलफल गरेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। उनीहरूले इरानका बारेमा पनि कुराकानी गरेको बताइए पनि वक्तव्यमा बिस्तृत जानकारी दिइएको छैन। 

३. अमेरिकाको दक्षिणपूर्वी सहर फ्लोरिडामा ग्यास सिलिण्डर विस्फोट हँुदा कम्तीमा २० जना घाइते भएका छन्। प्लान्टेसन सहरमा रहेको व्यापारीक केन्द्रमा शनिबार भएको विस्फोटमा परी उनीहरु घाइते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्लान्टेसनस्थित अग्नि नियन्त्रक समूहका प्रमुख जोएल गोर्दोनले जानकारी दिए। सामाजिक सञ्जालमा देखिएको घटनास्थलसम्वन्धी भिडियो हेर्दा घटनास्थलमा धेरै नै क्षति भएको जस्तो देखिएको छ। घटनाकाबारेमा अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन्। 

४. दक्षिण अमेरिकी महादेशमा जलवायु परिवर्तनका कारण विविध बानर प्रजातिका जिबहरु लोपोन्मुख हुन पुगेका छन्। केही वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेअनुसार तापक्रमको निश्चित मात्रा बढ्दै जाने हो भने छिट्टै नै ती प्रजातिका बानरहरु लोप हुनेछन्।
तीनका साथसाथै गैरमानवीय जिब जस्तै बानर, लेमुरलगायत अन्य प्रजातिका बिजहरुका बासस्थानहरु जलवायु परिवर्तनकै कारण संकटग्रस्त भइरहेका छन्।

५. इरानले सन् २०१५ मा विकशित राष्ट्रहरूसँग गरेको आणविक सम्झौताबाट अमेरिका फिर्ता भएको सन्दर्भमा यदि इरानमाथि लगाइएको नयाँ आर्थिक नाकाबन्दी र अमेरिकी निर्णयबारे अन्य मुलुकले सक्रियतासाथ पहल नगरेमा र समाधान नखोजिएमा आगामी ‘६० दिनभित्र’ सम्झौताका थप प्रतिवद्धतालाई त्याग्न बाध्य हुने बताएको छ। 
तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओवामासहित बेलायत, फ्रान्स, चीन, रूस र जर्मनी र इरानको सहभागिता रहेको उक्त सम्झौताले खासगरी इरानको आणविक हतियारमाथिको मोहलाई नियन्त्रण गर्ने प्रावधानहरूको व्यवस्था गरिएको थियो। 
https://www.nicasiabank.com/

‘हामीलाई लाग्छ हामी समाधान निकाल्न सक्छौँ तर यदि आगामी ६० दिनमा समाधानको उपाय अवलम्बन गरिएन भने तेहरानले तेस्रो कदम चाल्न वाध्य हुनेछ।’ इरानी उप–विदेशमन्त्री अव्वास अराग्चीले तेहरानमा गरिएको पत्रकार सम्मेलनमा भने।

६. संयुक्त अधिराज्यले पूर्वी यूरोपमा बेलायतविरोधी भ्रम छर्न प्रयोग हुने गलत तथा भ्रामक समाचारलाई नियमन गर्नका लागि एक करोड ८० लाख पोण्डस्टर्लिङ बजेटको व्यवस्था गर्ने बताइएको छ। बजेटले पश्चिमी बाल्कन क्षेत्रमा झुटा समाचार प्रकाशनमा नियमन गर्ने र स्वतन्त्र सञ्चारमाध्यमलाई मजबुत गरिने बताइएको छ।

उक्त बजेट द्वन्द्व, स्थिरता र सुरक्षा कोषबाट लिई आगामी तीन बर्षमा खर्च गरिने पनि बेलायती अधिकारीले बताएका छन्। ‘विश्वका जम्म १० प्रतिशत सञ्चारमाध्यमले स्वतन्त्र सञ्चारमाध्यममा पहुँच राख्ने गरेकाले भ्रामक तथा गलत समाचारले समाजमा भ्रम छर्ने र यसका कारण समाजको अवमूल्यन हुनुका साथै समाजमा अस्थिरता निम्त्याउने गरेको देखिएको छ।’ बेलायती विदेशमन्त्री जेरमी हन्टलाई उद्धृत गरी जारी गरिएको सरकारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

७. अमेरिकाले आफ्नो राज्य क्यालिफोर्नियामा ७.१ तिब्रताको भूकम्पपछि आवश्यक सामाजिक एवम् सुरक्षा समस्यालाई ध्यानमा राख्दै सेनालाई त्यस क्षेत्रमा परिचालन गरेको छ। त्यहाँ स्थानीय प्रशासनले कुनै पनि सम्भावित मानवीय संकटलाई समाधान गर्न यस्तो निर्णय गरेको बताएको छ।

८.अर्जेन्टिनाका फुटबल क्याप्टेन लियोनल मेस्सीले हाल जारी कोपा अमेरिकाको आयोजकहरुलाई भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन्। त्यहाँ तैनाथ रेफ्री र अन्य निर्णायक व्यक्तिहरुलाई विभिन्न प्रलोभनमा पार्दै खेलको अन्तर्राष्ट्रिय मर्यादा र नियमको धज्जी उडाएको बताएका छन्। क्याप्टेन मेस्सीले अर्जेन्टिनाले चिलीबाट पराजित भैसकेपछि यस्तो आरोप लगाएका हुन्।

९. चिनियाँ वित्तीय संस्थाहरूले निजी व्यवसायीलाई प्रदान गरेको गत मे महिनासम्मको भूक्तानीजन्य ऋण ५.९ ट्रिलियन अमेरिकी डलर रहेको उच्च बैंकिङ नियमक चिनियाँ संस्थाले बताएको छ।

चीनको बैंकिङ तथा विमा नियमक आयोग (सीबीआईआरसी) का अधिकारी याङ लिपिङले भने, ‘चीनको निजी कम्पनीहरूको पहिलो पाँच महिनाको ऋण देशको कर्पोरेट ऋणको कुल ५१.४८ प्रतिशत देखिएको छ।’ अधिकारीसँगको कुराकानीमा निजी व्यवसाय (खासगरी साना व्यवसाय), जसको भूमिका राज्यको अर्थतन्त्र वृद्धिमा सहयोगी रहने गर्छ, को ऋण वृद्धिदर पछिल्ला वर्षहरूमा बढेको छ यद्यपि ऋण लिने क्रममा भने कमी आएको छ।

१०. अमेरिकाका लागि संयुक्त अधिराज्यका राजदूतले स्वदेश फर्किएपछि अमेरिकी राष्ट्रपतिलाई असुरक्षित, असक्षम र विवेकहीन व्यक्ति भएको टिप्पणी गरेका छन्।
सो कुरा संयुक्त अधिराज्यको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन्। यस्ता वक्तव्यबाजीले संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाबीचको विशेष खाले मित्रता र कुटनीतिक सम्बन्धमा दरार आउन सक्ने विज्ञहरुले बताएका छन्।

प्रतिक्रिया