साधुमाथि बालकहरुलाई दुष्कर्म गरेको आरोप

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/sadhu.jpg

जनकपुरधाम- जनकपुरधामस्थित एक कुटीका साधुमाथि विद्यालय पढ्ने बालकहरुसँग दुष्कर्म गर्दै आइरहेको आरोप लागेको छ। साधुसन्तहरुको छाता संगठन तुलसी स्मारकमा बस्दै आएका साधु शिवशंकर दास स–साना बालकहरुसँग दुष्कर्म गर्दै आइरहेको आरोप लागेको हो।

विद्यार्थीहरुलाई ट्युसन पढाउने बहानामा शिवशंकरले ६/७ कक्षा पढ्ने बालकहरुसँग दुष्कर्म गर्दै आइरहेको आरोप लगाउँदै कारबाही गर्न माग गर्दै जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दाससहितको टोलीले आइतबार जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

‘शिक्षा दिक्षा दिने बहनामा शिवशंकरले प्रलोभनमा पारी बालकहरुसँग दुष्कर्म, यौनसम्पर्कजस्ता आचरणविपरित कार्य गर्दै आइरहेको जनगुनासो बारम्बार आइरहेकोले त्यस्तो व्यक्तिलाइ धार्मिकस्थलमा राख्दा धर्म र समाजप्रति विकृति बढ्दै जाने भएकोले पक्राउ गरेर आवश्यक कारबाही गर्न आग्रह गर्दछौं,’ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा भनिएको छ।

भारत बिहार घर भएका शिवशंकर करिब चारपाँच वर्षअघि तुलसी स्मारकमा आएका हुन्। वैष्णव संघका तत्कालीन अध्यक्ष बैकुण्ठ दासले उनलाई तुलसी स्मारकको सहयोगीको रुपमा राखेको बताइएको छ। पछि उनी ट्युसन पढाउने कामसमेत गर्दै आइरहेका थिए।

https://www.nicasiabank.com/
ज्ञापनपत्र बुझ्दै धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले पीडित पक्षलाई किटानी जाहेरी दिन सुझाव दिएका छन्। किटानी जाहेरी आएलगत्तै प्रहरीले ती व्यक्तिलाई कारबाही गर्ने खनालले आवश्वासन दिएका छन्।

शिवशंकरले पछिल्लो पटक जनकपुरधाम–८ का एकजना बालकसँग आचरणविपरित कार्य गरेपछि यो रहस्य बाहिरिएको हो। नियमित ट्युसन  पढ्ने जाने एक बालकले अभिभावकसँग आफूसँग गलत व्यहवहार भइरहेको भनेपछि साधु शिवशंकरको रहस्य बाहिर आएको छ।

करिब ६ महिनाअघि भएको उक्त घटनापछि आफूहरुले शिवशंकरलाई कुटपिटसमेत गरेको बालकको अभिभावकले बताएका छन्। स्मारकबाट हटाउन तत्कालीन अध्यक्ष बैकुण्ठ दाससँग आग्रहसमेत गरेको उनले जानकारी दिए।

आचरणविपरित कार्य गरीरहँदा समेत उनी तुलसी स्मारकबाट नहटेपछि जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दाससहितको टोलीले उनलाई कारबाहीको माग राख्दै प्रहरीसमक्ष ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझाउने टोलीमा उत्तराधिकारी महन्त दासका साथै जनकपुरस्थित विभित्र युवा क्लबका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो।
 

प्रतिक्रिया