प्रधानमन्त्रीका सल्लाहाकारको उत्ताउलो ट्‍वीट : यी छौंडाहरु कसले छोडेको ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/Bishnu_rimal_ns.jpg

काठमाडौं- सरकारको चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले आक्रामक ट्‍वीट गरेका छन् । 

उनले सरकारको आलोचना गर्नेहरुलाई छौंडाको संज्ञा दिदै यी आफै नचल्मलाएको बरु कसैले परिचालन गरेको दाबी गरेका छन् । 

उनले ट्वीटरमा लेखका छन्– ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन्, कसैले छोड्छन्, दुःख दिन्छन्,  यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ?’  



उनको यो ट्वीट नेकपाको संसदीय दलको बैठकमा आफ्नौ सांसदहरुले सरकाको कडा आलोचना गरेपछि आएको हो । 
https://www.nicasiabank.com/

बैठकमा सांसदहरुले सरकारले भारतबाट आउने तरकारी र फलफूलको विषदी परिक्षण गर्न रोकेको विषयका चर्को आलोचना गरेका थिए । उनीहरुले सरकार भारतसामु झुकेको समेत आरोप लगाएका थिए ।  गुठी विधेयकलगायतमा विषयमा पनि सत्तारुढ दलका सांसदहरु आक्रामक देखिएका थिए । 

त्यसैतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहाकार रिमालले छौंडा शव्दको प्रयोग गर्दै ट्वीट गरेका छन् । उनको यो ट्वीटमा प्रतिक्रिया जनाउने अधिकांशले रिमालको सोच,शैली र भाषा छनोटको चर्को विरोध गरेका छन् । 

इन्द्रमणी ढकालले रिप्लाई गर्दै लेखेका छन्- 'बोल्दा अलि अलि सरम लाग्दैन । ओलिलाई दुहुनो बनाएर सचीबालयमा बसेर लूट मचाएको छ । सकिन्छ राजिनामा देउ नत्र सन्तुलन   गुमे जस्तो पागलपन नदेखाउ महासय । तिम्रो कारण पार्टी र सरकार चौतर्फी लज्जित भएको छ ।'

यस्तै विष्णु पाण्डेले पनि रिमालको ट्वीमा रिप्लाई गर्दै उनको भाषा र शैलीको चर्को आलोचना गरेका छन् । उनले लेखेका छन्- 'कठै सल्लाहकारज्युका शब्द चयन ! भोली फेरी यही समाजमा सामान्य नागरिकको रुपमा जिवन यापन गर्नु पर्ने दिन आउदैन ? कि त्यती दुरर्दर्शिता पनि छैन ?  सोचाइ साह्रै निकृष्ट र भाषा तल्लो स्तरको हुनुपर्ने बिशेषता सहित सल्लाहकार पदको आबेदन माग भएको थ्यो कि पद नै यस्तो हो या पारिवारिक गुण ?'

प्रतिक्रिया