विश्वकपमा रोहितको कीर्तिमान

/assets/plugins/bower_components/fileman/Uploads/rohit_sharma_india.jpg

एजेन्सी- भारतीय क्रिकेटमा ओपनर ब्याट्सम्यान रोहित शर्माले विश्वकपको इतिहासमा नयाँ कीर्तिमान बनाएका छन् । जारी विश्वकप अन्तरगत लिग चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्धको खेलमा १०३ रनको शतकीय पारी खेल्दै रोहित विश्वकपको इतिहासमै नयाँ कीर्तिमान बनाएका हुन्। 

उनले विश्वकपको इतिहासमा एकै प्रतियोगितामा सर्वाधिक शतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् । यससँगै रोशितले पूर्व कप्तान कुमार संगाकारको कीर्तिमानलाई तोड्दै आफ्नो नाममा गरेका हुन् । 

यसअघि संगाकाराले सन् २०१५ को विशवकपमा यो चार शतक प्रहार गर्दै यो रेकर्ड आफ्नो नाममा गरका थिए ।रोहितले विश्वकपमा सर्वाधिक शतक बनाएका सचिन तेन्दुलकरको सँग बराबरी गरेका छन् । 

दुबै को विश्वकपमा ६-६ शतक पुरा भएको छन् । रोहितले २०१५ मा बंगलादेशविरुद्धको खेलमा शतक बनाएका थिए । सचिनले १९९६, १९९९, २००२ र २०११ को विश्वकपमा शतक बनाएका थिए । सचिनले ६ शतक ४४ पारी पुरा गरेका थिए भने रोहित मात्र १६ पारी खेल्दै ६ शतक पुरा गरे ।

यससँगै रोहित एक विश्वकपमा सर्वाधिक रन बनाउने सचिनको रेकर्ड नजिक रहेका छन् । रोहितले ९ खेलमा ६४७ रन बनाएका छन् । जबकी सचिनले २००३ को विश्वकपमा ६७३ रन बनाएका थिए । 



प्रतिक्रिया