११ वर्षीया बालिका पटक–पटक बलात्कृत 

/assets/plugins/bower_components/fileman/Uploads/66024269_882902255404083_1136924.jpg

बलात्कारमा संलग्न चौधरीको प्रहरीले जारी गरेको तस्बिर

धनगढी- धनगढीमा एक ११ वर्षीया बालिका छिमेकीबाट पटक–पटक बलात्कृत भएकी छिन्।

३६ वर्षीय आर्यन भनेर चिनिले रामनारायण चौधरीले बालिकालाई पटक–पटक बलात्कार गर्दै आएको बुझिएको छ। कसैलाई भनेमा परिवारका सबैलाई मार्ने धम्की दिँदै चौधरीले पटक पटक बलात्कार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

घटनाबारे विद्यालयमा शिक्षकले थाहा पाएपछि चौधरी फरार भएका छन्। प्रहरीकै संलग्नतामा बलत्कारमा संलग्न भनिएका व्यक्ति फरार भएको स्थानीयले आरोप लगाएका छन्।
फरार चौधरीलाई पक्राउ गर्न प्रहरीले चासो नदेखाएको भन्दै आफन्तहरुले आक्रोश व्यक्त गरेका छन्।

गत असार १० गते राती आफ्नै कोठामा सुतिरहेको अवस्थामा आफूलाई मुख थुनेर बलात्कार गरेको बालिकाले जानकारी दिएकी छिन्।

घरको ढोकामा ताला लगाएर बाबुआमा अर्को घरमा सुतेको अवस्थामा राती कच्ची घरको भित्ता माथिबाट भित्रआई बलात्कार गरेको ति बालिकाले बताईन्।

कसैलाई भने घाँटी काटेर फालीदिने र परिवारका सबैलाई मार्ने धम्की दिएकाले भन्न डराएको बालिकाले बताएकी छिन्।

एक नीजि स्कुलमा कक्षा ४ मा पढ्ने ११ वर्षिया बालिकालाई असार ७ गते पनि निज रामनारायणले बलात्कार गरेको बालिकाले बताएकी छिन्।
https://www.nicasiabank.com/

त्यसबेला पनि यस्तै धम्की दिएकाले आफूले भन्न डराएको ती बालिकाले बताईन्। 

बालिका पढ्ने विद्यालयका एक शिक्षकले सो कुराको जानकारी पाएपछि उनले नै परिवारका अन्य सदस्यहस्लाई जानकारी गराएका थिए। परिवारका सदस्यले बलात्कारी चौधरीविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले चौधरी पक्राउ गर्न चासो नदेखाएको बालिकाकी दिदीले बताईन्। 

उनले बलात्कारी सीमा पारी पलिया भन्ने स्थानमा लुकेर बसेको र त्यहाँबाट यता नेपालमा रहेको आफ्नी श्रीमतीसँग सम्पर्क रहे पनि प्रहरीले बलात्कारी खोज्न चासो नदेखाएको गुनासो गरिन्। उनले दुई श्रीमती र एक छोरीका पिता चौधरी अन्य अपराधिक घटनामा पनि संलग्न रहेको आशंका छ।

मुद्दा फिर्ता लिन र नलिए जे पनि गर्न सक्ने भन्दै चौधरीका दाजु सुन्दर चौधरीले आफुलाई पटक–पटक फोनमा धम्की दिएको बालिकाकी आमाले बताईन्।

उनले यसबारेमा प्रहरीलाई जानकारी गराउँदा समेत प्रहरीले वास्तै नगरेको बताईन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले बलत्कारी भारतमा गएर लुकेर बसेको भन्ने जानकारीमा आएको बताए।

यसका लागि भारतीय प्रहरीसँग सहयोग मागिएको र बलात्कारी जहाँ भए पनि छिट्टै पक्राउ पर्ने बताए। उनले धम्की दिएको भन्नेबारेमा समेत आफुकहाँ जानकारी आएको भन्दै त्यसका बारेमा समेत बुझ्ने काम भईहेको बताए।
 

प्रतिक्रिया