तरकारीमा पनि झुक्यो सरकार, विषादी परीक्षण रोक्ने

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/tarkari.jpg

काठमाडौं - भारत सरकारको दबाबका कारण नेपालमा आयात हुने तरकारीको भन्सार विन्दुमा भइरहेको विषादी परिक्षण रोकेको छ। भारत सरकारले विषादी परिक्षण कार्य नगर्नका लागि ठूलो दबाब दिएको थियो। सो दबाब थेग्‍न नसकेर सरकारले विषादी परिक्षण नै रोकेको छ। 

भारतबाट आयात हुने तरकारीमा सबैभन्दा बढी विषादी हुने गरेको पाइएपछि सरकारले भारतबाट नेपालमा आयात हुने तरकारीको विषादी परिक्षणपछि मात्र नेपालमा तरकारी आयात हुने भनी रोकेको थियो।
 
यसरी विषादी परिक्षणविना नै नेपालमा तरकारी आयात गर्न दिँदा लाखौं नेपालीको स्वास्थमा तरकारीले हानी गर्छ। यसबारे जानकार हुँदा हुँदै सरकारले आफ्नो नागरिकको स्वास्थ्य भन्दा भारतको दबाबलाई महत्व दिएर विषादी परिक्षण रोक्ने निर्णय गरेको हो। विषादी परिक्षण नगरी भारतबाट ल्याएका तरकारीहरु नेपालमा छिर्न नदिएपछि भारतबाट नेपालमा तरकारी बोकेर भित्रने सयौं ट्रक भारतमा नै रोकिएका थिए।
 
असार ३ गतेदेखि कार्यान्वयनमा आएको यो नीति १७ औं दिनमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयकै प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले शुक्रबार फिर्ता लिने निर्णय गरेको हो। 
https://www.nicasiabank.com/

भारतीय दूतावास र भारतीय निर्यातकर्ता व्यापारीहरुको विभिन्न टोली कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, अर्थ मन्त्रालय तथा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमै पुगेर यो व्यवस्था स्थगित गर्न दबाब दिएका थिए।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबारको मन्त्रिपरिषद् बैठकमा परीक्षणकार्य तत्काल स्थगित गर्ने विषयमा प्रस्ताव लगेको थियो। मन्त्रिपरिषद्को बैठकले परीक्षण गर्ने व्यवस्था फिर्ता लिने निर्णय गरेको थियो।

उनकाअनुसार यसका साथै आगामी ६ महिनाका लागि तरकारी, फलफूल र मानव स्वास्थ्यलाई हानी पुर्याउने क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ  'इनर्जी ड्रिंक्स’ र 'फ्लेवर सिन्थेटिक ड्रिंक्स/जुस’ को आयातमा लगाइएको प्रतिबन्ध पनि फुकुवा गर्ने निर्णय सरकारले गरेको छ।

प्रतिक्रिया