दाँत-मुख कसरी सफा राख्ने ? केही महत्त्वपूर्ण जानकारी

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/oral.jpg

ब्रस गर्ने तरिका
सुन्दर व्यक्तित्वको लागि सुन्दर र स्वस्थ दाँत पहिलो पहिचान हो । सफा दाँतको लागि उचित ध्यान र स्याहार पनि आवश्यक छ । दाँतका साथै गिजासम्म राम्रोसँग सफा गर्नु पर्छ । यी केही तरिकाले स्वस्थकर दाँत पाउन सकिन्छ ।

ब्रस गर्ने यी तरिका

१) दाँत दिनमा २ पटक ब्रस गर्ने

ब्रस गर्ने क्रममा कहिल्यै पनि हतार नगर्ने । करिब २ मिनेट राम्रो खाना खानेबितिकै ब्रस गरि हाल्ने । एसिडयुक्त खानाहरु जस्तै अंगुर, सोडा आदि खानेबित्तिकै ब्रस गर्नहुन्न । त्यस्तो कुरा खाएमा कम्तीमा १५–२० मिनेटपछि गर्ने ब्रस गर्नुपर्छ । । जिब्रो पनि मज्जाले सफा गर्नुपर्छ । जसमा ब्याक्टेरियाहरू रहेका हुन्छन् ।

२) उचित सामानको प्रयोग गर्ने

फ्लोराइडयुक्त मन्जनको प्रयोग गर्नु निकै आवश्यक रहेको छ । दाँत माझ्ने ब्रस पनि नरम ब्रिस्टल भएको प्रयोग गर्नुपर्छ । विद्युतीय ब्रस अझ प्रभावकारी हुन्छन् । 

३) सही तरिकाले ब्रस गर्ने

ब्रसलाई केही तेर्सो कोण बनाएर बिस्टललाई दाँत र गिजा दुवैलाई भेट्ने गरी प्रयोग गर्नुपर्छ । दाँतमा ब्रस हल्कासँग मस्काउनु होस् । ब्रस कडासँग गर्दा गिजामा समस्या पनि आउन सक्छ । 
औसतमा २ मिनेट ब्रस गर्नुपर्छ । यसका साथै, दाँतको वरपर, बाहिरी र भित्री भाग रामोसँगै सफा गर्नु पर्छ । जिब्रोमा पनि राम्रो सफाई गर्नुपर्छ । 

४) आफ्नो सामानलाई सफा गरी राख्ने

दाँत माझिसकेपछि, ब्रसलाई पनि राम्रो सँग सफा राख्नुपर्छ । ब्रसको पानीलाई पनि हल्कासँग झट्काउनु पर्छ । आफ्नो परिवारका अन्य सदस्यका ब्रसहरू एक अर्कोको नजिक नराख्दा उचित हुन्छ । साथै, सानो खुम्चिएको भाडामा पनि राख्नु हुँदैन । ब्रसलाई ठाडो पारेर पानी सुक्ने गरी राख्नुपर्छ । 

५) टुथब्रस परिर्वतन गर्नु पर्ने समय

नयाँ ब्रसमा थोरै पैसा खर्च गर्नु अमुल्य स्वास्थको लागि लाभाकर हुन्छ । ब्रस प्रत्येक ३ महिनामा परिवर्तन गर्नुपर्छ । यसका साथै, ब्रसको बिस्टल बिग्रिएमा परिवर्तन गर्नुपर्छ । 

फ्लसिङ्ग गर्ने

https://www.nicasiabank.com/
फ्लसिङ्ग भनेको धागोले दाँतका बीचमा अड्किएका खानालाई निकाल्नु हो । ब्रसको साहयताले मात्र पनि दाँतको कुनाकाप्चामा पुग्न सक्दैन यसकारण कतिपय समयमा फ्लसिङ्ग जरूरी छ । यस्तो छ । फ्लस कसरी गर्ने ?

१) हल्कासँग गर्ने 

हल्का र नरम तरिकाले धागो दाँतको बीचमा लगाउनु पर्छ । त्यसपछि यसलाई रगड्ने । गिजामा भने छुनुहुँदैन । फलस गर्ने धागोलाई सी आकारमा लानु पर्छ । 

२) एक पटकमा एउटा दाँतको गर्ने

दाँतमा फ्लस एक पटकमा एउटामा मात्र गर्ने । जब फ्लस गर्ने क्रममा गिजामा पुग्छ तब घुमाएर अर्को दाँतपट्टि लानुपर्छ । धागो तल माथि गरेर फ्लस गर्ने सकिन्छ । 

३) अन्यको प्रयोग

यदि फ्लसका लागि गाह्रो हुन्छ र धागोलाई ह्यान्डल गर्न सहज हुँदैन भने अन्य उपाय गर्न सकिन्छ । टुथ पिक, प्रि–थ्रेड फोल्सर, वाटर फ्लसर जस्ता एन्टर डेन्टल क्लिनरको प्रयोग गर्न सकिन्छ । 
अन्य तरिकाको दन्त स्वास्थ सम्बन्धी टिप्स

ब्रस तथा फ्ल्सबाहेक फ्लोराइडयुक्त माउथवासको पनि प्रयोग गर्न सकिन्छ । टुथ पिकको प्रयोग निकै कम मात्रमा गर्ने । धुम्रपानको सेवन नगर्ने । यसको कारण गिजा तथा दाँतको समसया आउँछ । 

कति बेला डेन्टिस्टलाई देखाउने ?

१) गिजा सुन्निएर गनाएमा
२) ब्रस गर्ने क्रममा गिजाबाट रगत आएमा
३) गिजा र दाँत छुट्टिन थालेमा
४) दाँत झरेमा
५) दातलाई असामान्य रूपमै चिसो तातोको सेन्सेटिभिटि भएमा
६) स्वास गनाएमा 
७) खाना चपाउने क्रममा दुखाई भएमा
 

प्रतिक्रिया