नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

/assets/plugins/bower_components/fileman/Uploads/nepal_u_19.jpg

कोठमाडौं- मलेसियामा जारी इष्टर्न रिजन यु-१९ एसिया कप छनोट अन्तरगत नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरको छ । समूह ‘ए’मा रहेको नेपालले लिगको अन्तिम खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजति गर्दै समूह विजेताका रुपामा सेमिफाइनलमा प्रवेश गरेको हो । 

नेपालले दिएको ३ सय २७ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुरले ३९.१ ओभरमा विकेट गुमाउँदै मात्र १०९ रन बनाउन सक्यो । सिंगापुरका लागि हरी कुक्रेजाले सर्वाधिक ३० रन जोडे । उनले ६३ बलमा २ चौका प्रहार गर्दै ३० रन जोडे । चन्द्रमौली श्रीदेवले ५६ बलमा ३ चौका प्रहार गर्दै २३ रन जोडे । त्यस्तै कन्नुसामी साथीशले ५५ बल खेल्दै ३ चौका प्रहार गरेर २४ रन जोड्न काहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । 

सिंगापुरलाई सस्तैमा समेट्न नेपालका लागि कुशल मल्लले चार विकेट लिए । त्यस्तै तिलकराज भण्डारीले दुई तथा रशिद खान र सागर ढकालले एक एक विकेट लिए । 

यसअघि क्वालालम्पुरस्थित किनरारा ओभलमा  टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा मात्र ४ विकेट गुमाउँदै ३ सय २६ रन जोडेको थियो । नेपालका लागि रितले ११५ रनको अविजित शतकीय पारी खेलेका थिए। उनले १३७ बलमा १० चौका र १ छक्का प्रहार गर्दै ११५ रनको शतकीय पारी खेलेका हुन् ।

 उनले पहिलो विकेटका लागि अर्का ओपनर ब्याट्सम्यान पवन सर्राफसाँग ९२ रनको साझेदारी गरे । १५ औं ओभरमा ४५ रनमा खेली रहेका पवन विनित चित्तेस मेहताको बलमा क्याचआउट हुँदै पेभिलियन फर्किए । पवनले ४१ बलमा १० चौका प्रहार गर्दै ४५ रन जोडेका थिए । 

त्यसपछि पवनको स्थानमा मैदान प्रवेश गरेका खडक बहादुर बोहराले आक्रमक ब्याटिङ गर्ने नेपालले ठुलो योगफल तयार पार्न महत्वपूर्ण योगदान दिए । उनले रितसँग दोस्रो विकेटका लागि १३१ रनको साझदारी गरेका थिए । 

खडक शतक बनाउनबाट मात्र १० रनले चुके । उनले ९० बलमा १२ चौका प्रहार गर्दै ९० रन जोड्ने क्रममा सिंगापुरका बलर प्रनव सुदर्शन राजेश कृष्णनको बलमा एलबीडब्लु आउट हुँदै पेभिलियन फर्किए । यसै खेलबाट डेब्यु गरेका विशाल बिक्रम केसी एक रन जोड्दै प्रनव सुदर्शनको बलमा बोल्डआउट भए । 

कप्तान रोहिक कुमार पौडेल चौथो विकेटको रुपमा ७ रनमा आउट भए । कुशल मल्लले रनको अर्धशतकीय पारी खेले । आक्रमक ब्याटिङ गरेका कुशलले मात्र २३ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै अविजित ५१ रनको अर्धशतीय पारी खेल । उनले रितसँग ८२ रनको साझेदारी गरे ।

सिंगापुरका लागि प्रनव सुदर्शन राजेश कृष्णन र विनित चित्तेस मेहताले समान दुई दुई विकेट लिए । सिंगापुर समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सोमबार समूह ‘बी’को उपविजेतासँग खेल्ने छ ।



प्रतिक्रिया