एसबिआई बैंकको संचालक समिति अध्यक्षमा सत्यनारायण

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/sbi_bank.jpg

काठमाडौं – नेपाल एसबिआई बैंकको संचालक समिति अध्यक्षमा बि.आर.एस. सत्यनारायण चयन भएका छन्। संचालक समितिको बिहीबार बसेको ४३८ औं बैठकले सत्यनारायणलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो। 

उनले स्टेट बैंक अफ इण्डियालाईसमेत प्रतिनिधित्व गरेका थिए। उनले एसबिआई को मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एसबिआई का एसिया, अफ्रिका तथा अष्ट्रेलियामा रहेका बैंकिङ्गसँग सम्बन्धित मामिला हेर्ने गर्छन्।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त संचालक समितिका अध्यक्ष सत्यनारायणलाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।




प्रतिक्रिया