विश्‍वमा आज : कहाँ के-के भयो ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/bishowma_aaja_world_news-copy_1.jpg

असार १८ गते बुधबारका दिन विश्वभर भएका मुख्य १० घटनाहरु हेर्नुहोस् 

१. नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार घटनामा परी अरु १०१ जना घाइते पनि भएका छन्। बेन्यु राज्यको अहुम्बे गाउँमा सोमबार घटना भएको हो। 

सडकमा ट्याङ्कर पल्टिएर दुर्घटना भएको बताइएको छ। ट्याङ्करबाट चुहिएको पेट्रोलियम पदार्थ थाप्नेहरुको भिड लागेका बेला ट्याङ्करमा आगलागी भएको अधिकारीहरुले जनाएका छन्।

सडक सुरक्षा दलका प्रदेश कमाण्डर अलियु बाबाले प्रदेश राजधानी माकुर्दीमा पत्रकारहरुलाई दिएको जानकारी अनुसार भत्किएको सडकमा चालकले लापरबाही तरिकाले ट्याङ्कर चलाएका थिए। त्यही बेला ट्याङ्कर हल्लिएर पल्टिएको उनले बताए।

२. बंगलादेशको एक तयारी पोशाक उद्योगमा बुधबार भएको भीषण आगलागीका कारण ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

राजधानी ढाकाबाट नजिकैको श्रीपुरमा रहेको विशाल कारखानामा लागेको आगो नियन्त्रणमा ल्याउन १२ घण्टाभन्दा बढी समय लागेको थियो। बंगलादेशमा असावधानीका कारण तयारी पोशाक कारखानाहरुमा बारम्बार आगलागीका घटना हुने गरेका छन्।

मंगलबार राति शुरु भएको आगो नियन्त्रणमा ल्याउन पानीको अभाव भएको स्थानीय अग्निनियन्त्रक प्रमुख अख्तर उज जमानले बताए।

३. ट्युनिसियाका रक्षामन्त्री अब्देलकरिम जेविदीले इटालीका सेनाप्रमुख एन्जो भेसियारेल्लीसँग भेटवार्ता गरेका छन्।

दुवै अधिकारीहरुबीच ट्युनिसिया र इटालीबीचको सैनिक सहयोगका सम्भावित क्षेत्रका बारेमा छलफल भएको ट्युनिसियाको रक्षा मन्त्रालयले जनाएको छ। उनीहरुबीच क्षेत्रीय सुरक्षाका बारेमा पनि विचारविमर्श भएको थियो।

जेविदीले ट्युनिसियाको विकासमा सहयोग गर्ने तथा उत्तरी अफ्रिकी मुलुकमा सुरक्षा व्यवस्थामा सघाउने इटालीको प्रयत्न र चाहनाप्रति आभार व्यक्त गरेका थिए।

४. लिबियाका अर्थमन्त्री अलि अल–इसावीले लिबियामा सन् २०११ देखि करिब एक खर्ब ४० अर्ब डलर बराबरका १४ हजार विकास परियोजना स्थगित भएको बताएका छन्।

राजधानीमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अल–इसावीले स्वीकृत परियोजनामध्ये आधा वा एक तिहाई मात्र पनि कार्यान्वयनमा आएका भए त्यसबाट राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।

उनले सरकारी फौज र पूर्वी क्षेत्रमा सक्रिय सेनाबीच राजधानी त्रिपोलीलाई केन्द्रित गरी भइरहेको युद्धले मुलुकको आर्थिक परिस्थितिमा सुधार ल्याउने कार्यक्रमलाई भ्रमित पारिरहेको बताए।

५. अष्ट्रेलियामा एचआइभी संक्रमित पीडित दरमा गएको १८ वर्ष यताकै सबैभन्दा कमी आएको एक अनुसन्धानबाट खुलेको छ।
https://www.nicasiabank.com/

बुधबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा यस्तो अवस्था देखिएको सिड्नीबाट प्राप्त समाचारमा जनाइएको छ। अष्ट्रेलियाको दि युनिभर्सिटी अफ न्यु साउथ वेल्सको अनुसन्धानमा यस्तो तथ्य भेटिएको हो।

उक्त विश्वविद्यालय आबद्ध कर्बि नामक एक संस्थाले गरेको अनुसन्धानमा यहाँको एचआाइभी संक्रमण दरमा गएको १८ वर्ष यताकै सबैभन्दा कमी आएको देखिएको समाचारमा उल्लेख छ। उक्त संस्थाको अनुसन्धानले सन् २०१८ मा एचआइभी संक्रमितहरुको गणना गरिएकोमा ८३५ जना मात्र भेटिएको देखाएको छ। 

६. भारतको आर्थिक राजधानी मुम्बईमा अबिरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २१ पुगेको छ। स्थानीय समयानुसार मङ्गलबार बिहान करीब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले एएफपी समाचार समितिलाई बताएका छन्। 

करिब दुई करोड बासिन्दा रहेको तटीय शहर मुम्बईमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त रहेको छ। अबिरल वर्षापछि मुम्बई शहरको मिथी नदीको सतह बढेकाले त्यस इलाका आसपासमा रहेका करीब एक हजार व्यक्तिलाई अन्यत्रै सुरक्षित इलाकामा लगिएको मङ्गलबार नै जानकारी दिइएको थियो।

७. अफगानिस्तानमा हत्या हिंसा जारी राखेका तालिबानहरुले अफगानिस्तानको एक उत्तरी जिल्ला कब्जा गरेका छन्।

उनीहरुले मङ्गलबार बिहान उत्तरी अफगानिस्तानको उत्तरी क्वास टेपा जिल्ला कब्जा गरेको घोषणा गरेका थिए। जवाजान प्रान्तको सो जिल्ला आफूहरुले कब्जा गरेको उनीहरुले घोषणा गरेका थिए। उक्त समाचारको सो प्रान्तका प्रान्तीय गभर्नर लट्फुल्लाह अजिजीले पुष्टि गरेका छन्।

उनीहरुले केही दिन यतादेखि सो जिल्ला कब्जाका लागि हमलाहरु गर्दैै आएका थिए। मङ्गलबार बिहान जिल्ला कब्जा गरेको बताएका छन्। यस विषयमा थप जानकारी केही दिइएको छैन।

८.  जापानको उत्तरपश्चिमी राज्य कागोशिमामा वसोवास गर्दै आएका करिब ६ लाख स्थानीयहरुलाई त्यहाँबाट अन्यत्रै सार्न सरकारले स्थानीय अधिकारीहरुलाई आदेश दिएको जापानी सार्वजनिक सञ्चारमाध्यम एनएचकेले बुधबार जनाएको छ। 

दक्षिणपश्चिम जापानको क्युसु द्वीपलगायत कागोशिमा प्रान्तको प्रान्तीय राजधानी कागोशिमा सहरमा परेको अबिरल वर्षापछि सरकारको सो आदेश आएको हो। कागोशिमा शहरमा स्थानीय समयानुसार बुधबार बिहान ७ बजेबाट ८ बजेसम्म ४० मिलिमिटर वर्षा भएपछि झनै त्रास बढेको पनि एनएचकेको समाचारमा जनाइएको छ। 

यसरी भारी मात्रामा वर्षा भएपछि यसबाट पहिरो जानसक्ने सम्भावना पनि रहेको चेतावनी दिदै सो इलाकाबाट ती नगरवासीलाई विस्थापित गरी अन्यत्र सार्न जापान सरकारले स्थानीय अधिकारीहरुलाई भनेको हो। 

९. अफगानिस्तानको मध्य भागमा पर्ने प्रान्त दैकुन्दीको काजरन जिल्लामा भएको एक झडपमा परेर ६ सुरक्षा अधिकारी र ३५ जना तालिबान लडाकूको मृत्यु भएको प्रन्तीय गभर्नर अह्ला रहमातीले बुधबार बताएका छन्।

तालिबान लडाकू समूहले प्रहरी जाँचचौकीमा आक्रमण गरेपछि सो झडप शुरु भएको रहमातीले जानकारी दिएका छन्। सोमबार रातीबाट शुरु भएको यो झडप मङ्गलबार बिहानसम्म जारी रहेको थियो। सुरक्षा अधिकारीहरुले गरेको जवाफी कारबाहीको क्रममा ३५ लडाकू मारिनुको साथै अन्य दर्जनौ घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

१०. अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जुलाई ४ लाई फेरि ऐतिहासिक बनाउन खोजिरहेका छन्। उक्त दिन उनले गर्ने राजनीतिक हर्कतले मुलुकमा एक खालको सामाजिक अतिवाद र व्यापक रुपमा राजनीतिक ध्रुबीकरण हुने विज्ञहरुले बताएका छन्।

प्रतिक्रिया