रुपन्देहीका खेतखेतमा स्थानीय सरकारका प्रमुखहरु (फोटो फिचर)

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/Naresh.jpg

भैरहवा- स्थानीय सरकारका प्रमुखहरुलाई यतिबेला असारे विकासको अनुगमन गर्ने, बैठक र गोष्ठीलाई सम्बोधन गर्ने तथा फाईल चेकजाच र फर्छौट गर्ने फुर्सद छैन।

तर आज (आइतबार) परेको असार धान दिवसका दिन भने रुपन्देहीका स्थानीय सरकार प्रमुखहरु किसानका खेतहरुमा धान रोपीरहेका छन्।

घाँटीमा धानको विऊको माला लगाएर त कसैले खेतको हिलोको टिका लगाएर स्थानीय कृषकहरुसँग रमाउदै जानी नजानी स्थानीय सरकारका प्रमुख उपप्रमुख प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र वडासदस्यहरु मात्रै होइन स्थानीय नगारिक अगुवाहरु पनि खेतमा रमाईरहेका छन्।

जिल्लाको उत्तरी क्षेत्रका बुटवल उपमहानगर, देवदह नगर, सैनामैना नगर, तिलोत्तमा नगरपालिकाले धान दिवसको अवसरमा कार्यक्रम नै आयोजना गरेर धान रोप्ने कार्यक्रम सम्पन्न गरेको छ।

बुटवल उपमहानगरपालिकाले वडा नम्बर (१२) नयाँगाउँ पासाङपथ स्थित खेतमा धान रोपेर दही चिउरा खाँदै दिवस मनाउने मनाइएको छ।

युवा किसान विजय कुँवरको खेतमा धान दिवस मनाएका हुन्। नगर प्रमुख शिबराज सुवेदीले धान रोप्दैं व्यवसायिक कृषिलाई स्थानीय सरकारले प्रोत्साहन गर्ने बताए।

नगरका प्रमुख सुवेदी, वडाध्यक्ष दुर्गा सुवेदी लगायतले धान दिवस राष्ट्रिय पर्वको रुपमा मनाईरहँदा नेपाल कृषि उपजका हिसाबले आफैमा आत्मनिर्भर हुनुपर्ने बताए। यसैगरी तिलोत्तमा नगरपालिका वडा नं. १५ को सखुवानी डाँडास्थित सुनकुमारी थापाको खेतमा पनि रोपाइँ महोत्सव गरी नगरपालिकाले धान दिवस मनाएको छ। वडा नं. १५ को संयोजनमा भएको कार्यक्रममा स्थानीय अब्बल किसानलाई प्रोत्साहन समेत गरिएको छ।

रोपाइँमा नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, वडाध्यक्ष खेमराज गुरुङ्घ, कार्यपालिका तथा नगरसभा सदस्य, कर्मचारी, विभिन्न कृषक समूह, आमा समूह, टोल विकास संस्थालगायत किसानहरुको सहभागिता रहेको थियो। सहभागीहरुले पञ्चेबाजाको तालमा झण्डै दुई बिगाहा खेत रोपेका छन्।
 
रोपाइँको सुभारम्भ गर्दै नगर प्रमुख घिमिरेले श्रमको सम्मानका साथै कृषि कार्यलाई प्रोत्साहन गर्न दिवस सान्दर्भिक रहेको बताए। व्यवसायिक कृषि तथा पशुपालन गर्ने किसानहरुलाई नगरपालिकाले सधैं प्रोत्साहन गर्ने नीति लिएको बताउँदै उनले किसानले भोग्दै आएका समस्या समाधान गर्न नगरपालिका प्रत्यनशील रहेको जानकारी बताए।
 
कार्यक्रममा नगर उप–प्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, वडा नं. १५ का वडाध्यक्ष खेमराज गुरुङ्घलगायतले धान दिवसको महत्व तथा कृषिको प्रवद्र्धनमा नगरपालिकाले अघि सारेका कार्यक्रमका बारेमा जानकारी गराएका थिए। ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण : चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको हो।

तिलोत्तमा नगरपालिकामा झण्डै ८० प्रतिशत भू-भागमा धान खेती हुँदै आएको छ।
 
देवदह नगरपालिकाले वडा नं ४ भवानीपुरमा धानदिवस मनाएको छ। उक्त अवसरमा नगर प्रमुख हिरा बहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुंग , प्रमुख प्रशासकीय अधिकृत शसीधर घिमिरे लगायत वडाध्यक्ष कृर्षकहरुले सामुहिक ५ कठ्ठा खेतमा रुपमा धान रोपेका थिए।

सैनामैना नगरपालिका वडा नं ११ को सालझण्डी स्थित बनकट्टीमा धान दिवस मनाएको छ। स्थानीय किसान टंक रेग्मीको करिब १० कठ्ठा जग्गामा धान रोप्दै नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्की, उपप्रमुख बिना राना, प्रमुख प्रशासीकय अधिकृत कृष्ण प्रसाद भण्डारीले देशमा निर्वाहमुखी कृषि प्रणाली मुख्य समस्याको रुपमा भएको बताए।

उनीहरुले कृषिको उत्पादनमा नेपाललाई अब्बल बनाउन व्यवसायीकरण र यान्त्रीकरणको आवश्यक्ता भएको पनि बताए। गाउँ नगर मुल समितीका अध्यक्ष शेर बहादुर न्यौपानेले स्थानीय सरकार प्रमुख किसानको खेतमै पुगेर धान रोप्दा किसानहरुमा उत्साह र हौसला थपीएको बताए।







प्रतिक्रिया