सोनाम कपुरले खुलाइन् आफ्नो प्रेम कहानी

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/Capture_sonam.jpg

काठमाडौं- सन् २०१८ मा, बिवाहमा बाँधिएका भारतीय अभिनेत्री तथा फेसन डिभा सोनम कपुर र बिजनेस म्यान आनन्द अहुजा प्रेम सम्बन्ध निकै रोचक तबरले सुरू भएको थियो।

सबैलाई थाहा भएकै कुरा हो कि, आनन्दले आफ्नो बेस्ट फ्रेन्डको लागि सोनमलाई जुराउन खोजेका थिए। केही दिनअघि मात्र उनले यसको बारेमा विस्तृतमा सुनाइन्। 

पहिलो पटक सोनम र आनन्दको भेट होटल ताजमा भएको थियो। त्यस समयमा, सोनामको साथीहरूले उनको भेट आनन्दको बेस्ट फ्रेन्डसँग गराउन खोजेका थिए।

यस कारण, आनन्द बिचौलियाको रूपमा थिए। सोही क्रममा, सोनामका साथीहरूले उनलाई ताज होटलमा भेटाउन लगेका थिए। तर, सोनामलाई त्यहाँ निकै दिक्दार लागेको दैनिक भास्कारमा उल्लेख गरिएको छ।

एक रात आनन्दले उनलाई साढे दुई बजे मेसेज गरे। उनले ‘के तपाई सिंगल हुनुहुन्छ ? उता अरू कोही पनि सिंगल छ,’ भनि मेसेज गरेका थिए। उनले यस प्रकार रातमा मेसेज गरेको सोनमलाई मन परेन। उनले राती मेसेज नगर्नुहोला भनेर जवाफ दिइन्। तपाईको साथीलाई म मन पर्छ भने उहाँ आँफैले  भन्नुपर्यो, तपाई किन बीचमा भनेर जवाफ दिएकी थिइन् ?

यस्तै, गफहरू बीच नै उनीहरूको फोनमा गफ हुन थाल्यो। फोनमा करिब २ हप्ता गफ भएपछि, तीनै आनन्दलाई सोनमले फेरि पनि साथीसँग मिलाउँछाँै कि भन्दा आनन्दले अब तिमीलाई छोड्दिन भनेका थिए। त्यो नै उनीहरुको प्रेमको सुरुवात रहेको सोनमको भनाई छ।
 



प्रतिक्रिया