हुवावेमाथिको प्रतिबन्ध फुकुवा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/Trump_C_jing.jpg

काठमाडौं : चिनियाँ स्मार्ट फोन कम्पनी हुवावेमाथि अमेरिकाले लगाएको प्रतिबन्ध फुकुवा भएको छ।

विश्वकै दोस्रो ठूलो स्मार्ट फोन निर्माता कम्पनी हुवावेले अमेरिकी सुरक्षा सम्बन्धी जानकारीहरु चोरेको भन्दै अमेरिकालेले कालो सुचीमा राखेको थियो।

जसकारण गुगलले पनि आफ्नो सेवा हुवावे मोबाइलमा उपलब्ध गराउन अस्वीकार गरेको थियो। गुगलको प्रतिक्रियापछि हुवावेमाथि ठूलो संकट आएको थियो।
तर, जी २० सम्मेलनमा चिनियाँ राष्ट्रपति सि चिङ्ग पिङ्ग र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको छलफल पश्चात प्रतिबन्ध फुकुवा भएको हो।
शनिबार पत्रकार सम्मेलन गरी अमेरिकी राष्ट्रपति ट्रम्पले हुवावे फोन बेच्न अमेरिकी कम्पनीहरुलाई आग्रह गरेको सिएनएनले जनाएको छ।
https://www.nicasiabank.com/

राष्ट्रपति द्वयबीच चीन–अमेरिका व्यापार युद्ध समाप्त गर्ने सहमति पनि भएको छ। तर, यस विषयमा थप छलफल हुन बाँकी रहेको छ। 

दुबै देशले एकअर्काको सामानमाथि लगाएको कर फिर्ता लिएको छैन। तर थप सामानमा अहिले कर लगाउने विषय टरेको छ।


 

प्रतिक्रिया