सम्पूर्ण अपडेट- आज के-के भयो ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/nepalsamaya_dinbhari_ns_copy_1-copy_1.jpg

आज असार १२ गते बिहीबार देशभर के–के भयो ? थाहा पाउनुहोस् नेपाल समय दिनभरी ।

ललितपुरमा एकैदिन तीन हजार विरुवा रोपिदैं 

ललितपुर महानगरपालिका अन्तर्गत पर्ने चक्रपथ क्षेत्रमा शनिवार एकै साथ तीन हजार विरुवा रोपिने भएको छ।

सुधार भएन सार्वजनिक विद्यालयको गुणस्तर

माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को पछिल्लो नतिजामा पनि निजी लगानीका विद्यालयको तुलनामा सार्वजनिक विद्यालयको स्तर खस्केको छ।

मन्त्रिपरिषद् पुनर्गठन हुने सञ्चार मन्त्रीको संकेत

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत गरेका छन्।

जाईरा फिल्मको गीतमा नम्रताको चुम्बन

 आगामी भदौ ६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जाईरा’को ‘आँखैले बोल्छ’ शीर्षकको रोमान्टिक गीत रिलिज भएको छ।

कांग्रेसका प्रदेश प्रवक्ताको हत्या

भारतको राजधानी नयाँदिल्ली नजिकैको हरियाणा प्रान्तका भारतीय कांग्रेसका प्रवक्ता विकास चौधरीको हत्या भएको छ।

१२ दिनसम्म पास हुन सकेन प्रदेश सरकारको बजेट

प्रतिपक्षी दलहरुको अवरोधका कारण सुदूरपश्चिम प्रदेश सभाको मंगलबारको बैठक पनि स्थगित भएको छ।

कांग्रेसको महाधिवेशन एक वर्ष सर्ने, संगठनहरुलाई पूर्णता दिइँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन सार्ने विषयलाई स्पष्ट पारेका छन्।

विप्लवका गतिविधि नियन्त्रण हुन्छ : सरकार 

हिंसात्मक गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लवको गतिविधि नियन्त्रण गर्ने सरकारले दोहोर्‍याएको छ।

एसईई नतिजामा गम्भीर त्रुटि : गणितमा पनि प्रयोगात्मक अंक

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसइईको मार्कसिटमा अनिवार्य गणितलाई पनि प्राप्त राखेर सार्वजनिक गरिएको छ।

यस्तो आयो नायिका करिष्मा मानन्धर र नेकपा सचेतक शान्ता चौधरीको नतिजा 

नायिका करिष्मा मानन्धरले एसईई परीक्षामा जीपीए ३ ल्याएकी छन्।

मन्त्रिपरिषद् निर्णय : आईफा अवार्डको अनुमति, सांसदहरुको विदेश भ्रमण स्वीकृत

सरकारले काठमाडौंमा भारतीय फिल्म अवार्ड गर्ने अनुमति दिएको छ।

एसईई नतिजा सार्वजनिक, यसरी हेर्नुस्

परीक्षा नियन्त्रण कार्यालयले २०७५ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ।

यी हुन् कांग्रेसको आगामी केन्द्रीय समिति बैठकमा एजेण्डा

नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्य समितिको बैठक आगामी असार २२ गते बोलाएको छ।

‘धर्ती माता’ को हुन् ? युवती कुटेपछि भाइरल माताको यस्तो कथा

‘रेसुङ्गामा तीन महिना कठिन तपस्या गरेपछि ज्ञान पाएँ। अहिले सफल भएकी छु। 

सीमामा बाबुछोरीको मृत्यु घटनाबाट राष्ट्रसंघ दुःखी

संयुक्तराष्ट्र संघीय शरणार्थीसम्बन्धी उच्चायोग (युएनएचसिआर) ले संयुक्तराज्य अमेरिका–मेक्सिको सीमाको एक नदीमा बाबुछोरीको डुबेर मृत्यु भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ।

निगमको जहाज जापान, चीन र साउदी उड्दै

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान गर्ने भएको छ।

जलवायु परिवर्तनको असर : सन्तान जन्माउँदैनौँ भन्दै प्रदर्शन

ग्लोबल वार्मिङ अर्थात् तापमान वृद्धिको असर अहिले संसारभर परिरहेको छ।

मौद्रिक नीति असार २७ गते 

आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति असार २७ गते आउने भएको छ। 

घुससहित दुई कर्मचारी अख्तियारको नियन्त्रणमा    

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका दुई जना कर्मचारी घुससहित पक्राउ परेका छन्।

बैंकहरूलाई मौद्रिक नीतिअघि नै मर्जमा जान राष्ट्र बैंकको दबाब

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीति आउनुअगावै मर्जरको प्रतिबद्धता पेस गर्न बैंकहरुलाई निर्देशन दिएका छन्।

'प्रदेश प्रहरीलाई संघीय निर्देशनमा चलाउनुपर्छ' 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन्। 

मेलम्ची खानेपानी : तीन दिनभित्र रकम दाबी गर्न आग्रह

मेलम्ची खानेपानी आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सलाई तीन दिनभित्र रकम दाबी गर्न आग्रह गरेको छ । 

उपत्यकाका सबै विश्व सम्पदा ‘खतराको सूची’ मा !

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौं उपत्यकाका सबै विश्व सम्पदालाई ‘खतराको सूची’ मा राख्ने प्रस्ताव गरेको छ ।

चितवनमा दुईवटा मोटरसाइकल जुध्दा दुई जनाकै मृत्यु

चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

बालुवाखानीको लेदोले पृथ्वी राजमार्ग ठप्प, यात्रुकाे विचल्ली

माथिबाट आएको बालुवाखानीको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

राति केटी भेट्न गएका युवाकाे  कुटपिटबाट हत्या

आफ्नो केटि साथी भेट्न गएका एक युवकलाई स्थानीय युवाहरुले कुटपिट गरि हत्या गरेका छन् ।  

मोरङमा चट्याङ लागेर दुई युवाको मृत्यु

मोरङको रङ्गेली नगरपालिकामा हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर दुई युवाको मृत्यु भएको छ ।





प्रतिक्रिया