मन्त्रिपरिषद् पुनर्गठन हुने सञ्चार मन्त्रीको संकेत

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/Cabinet.jpg

काठमाडौं- संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत गरेका छन्।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले मन्त्रिपरिषद् पुनर्गठन हुने विषय प्रधानमन्त्रीसँग नीहित हुने स्पष्ट पारे।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले ठूलो पार्टी र धेरै नेता भएकाले मन्त्रिपरिषद् पुनर्गठन कुनै पनि बेला हुन सक्ने र त्यसको अधिकार प्रधानमन्त्रीसँग मात्रै रहेको पनि बताए। 

मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीले महशुस गर्नसाथ मन्त्रीपरिषद पुनर्गठन हुन सक्ने पनि बताए। यो अधिकार प्रधानमन्त्रीमा नीहित रहेकाले आफूले त्यसबारे बोल्न नमिल्ने पनि उनले पटक पटक दोहोर्याए।

मन्त्री बास्कोटाले मन्त्रीहरु कतिजना फेरिन्छ भनेर समाचार माध्यामले समाचार बनाउनु पनि बेकार हुने बताए। उनले क्लिन फिड’ लागू गरेरै छाडने दृढता पनि व्यक्त गरे। संचार माध्यामहरुलाई सबल बनाउने गरी ल्याइएको सो विधेयक संसदबाट पारित हुने उनको दावी छ।
 



प्रतिक्रिया