१२ दिनसम्म पास हुन सकेन प्रदेश सरकारको बजेट

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/pradesh_7.jpg

धनगढी - प्रतिपक्षी दलहरुको अवरोधका कारण सुदूरपश्चिम प्रदेश सभाको मंगलबारको बैठक पनि स्थगित भएको छ। सरकारले प्रस्तुत गरेको बजेटमा असहमति जनाउदै आएको प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले बिहिबार पनि प्रदेश सभामा नारावाजी गर्दै अवरोध गरेपछि सदन स्थगित भएको हो।

आगामी बैठक १५ गते बस्ने सभामुखले जानकारी दिए। असार १ गते बजेट प्रस्तुत भएपछि हाल सम्म बजेटमाथिको छलफल समेत सुरु हुन सकेको छैन्। यसअघि तीन पटक प्रदेश सभाको बैठक स्थगित भइसकेको थियो। असार ५ गतेको बैठकमा प्रतिपक्षी सासंदहरुले अवरोध गरेपछि स्थगित भएको प्रदेश सभा बैठक लगातार दुई पटक सूचना टाँसेर स्थगित गरिएको छ।

https://www.nicasiabank.com/
बितरणमुखी बजेट ल्याएर भ्रष्टाचार बढाउन खोजेको भन्दै प्रतिपक्षी दलहरुले प्रदेश सभामा अवरोध गर्दै आएका छन्। उनीहरुले एक लाख भन्दा कमका झण्डै तीन सय योजना रहेको भन्दै सबै योजना हटाउनुपर्ने माग गरिरहेका छन्। डल्लो बजेट बाँडफाँड गर्नुपर्ने, गौरवका आयोजनाहरुलाई बजेटमा थप्नुपर्ने र अन्य थुप्रै प्राविधिक त्रुटीलाई समेत सच्याउनुपर्ने माग राख्दै आएका छन्। 

सरकार र प्रतिपक्षी बीच २ दिन छलफल भएपनि कुनै निष्कर्ष निष्कन सकेन। सदनको अवरोध हटाउने बिषयमा सरकार र प्रतिपक्षी बीच भएको छलफलका क्रममा प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले वार्ताका लागि सरकारले पर्याप्त गृहकार्य नै गर्न नसकेको बताएका छन्।

प्रतिक्रिया