चितवनमा दुईवटा मोटरसाइकल जुध्दा दुई जनाकै मृत्यु

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/moter_bike_acc.jpg

चितवन- चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार साँझ ६ बजे ना ५३ प ५२४७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग ९ प ११८५ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको हो  । दुर्घटनामा परि दुबै मोटरसाइकलका चालकहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 
https://www.nicasiabank.com/

दुर्घनामा गम्भीर घाइते भएका ना ५३ प ५२४७ नंको मोटरसाइकल चालक भरतपुर–१८ का १७ वर्षीय राजन भट्ट र ग ९ प ११८५ नंको मोटरसाइकल चालक भरतपुर–१८ कै २८ वर्षीय रामचन्द्र गौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । 

प्रतिक्रिया