गिल्टीमा कियाराको विन्दास लुक्स

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/Kiara.jpg

काठमाडौं- कियारा आडवाणीले अभिनय गरेको फिल्म कबीर सिंहले दर्शकको राम्रो माया पाइरहेको छ।

फिल्ममा शाहिद कपूरसँग उनको जोडी निकै मन पनि पराइएको छ। मिल्ममा कियाराले एक सोझी केटीको भूमिका निर्वाह गरेकी छन्। तर कियाराको आगामी फिल्मका लागि उनको लुक्स निकै हट देखिएको छ।

फिल्म प्रोड्युसर करण जोहरले ट्वीटरमार्फत् कियाराको नयाँ लुक्स सार्वजनिक गरेका छन्।

जसमा कियारा निकै विन्दास युवतीका रुपमा देखिएकी छन्।

कियाराले नेटफ्लिक्सको फिल्म गिल्टीमा लिड रोल प्ले गर्नेछिन्। फिल्ममा उनी एक रक स्टारका रुपमा देखा पर्नेछिन्। गिल्टी फिल्ममा उनको निकै फरक रोल हुने करणले उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘कियारा आडवाणीको फिल्म गिल्टीबाट उनको नयाँ लुक्स। फिल्मको निर्देशन निकै क्षमतावान निर्देशक रुची नरेनले गरिरहेका छन्। जबकी यसको निर्माण अपूर्व मेहताले गरेका छन्।’

कियारा आडवाणीले पनि उक्त तस्बिर सेयर गरेकी छन्। उनले भनेकी छन्, ‘एक कलाकारका रुपमा कम्फर्ट जोनबाट बाहिर निस्किएर फरक भूमिका निर्वाह गर्दा निकै रोचक हुन्छ।’




प्रतिक्रिया