विश्‍वमा आज : कहाँ के-के भयो ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/bishowma_aaja_world_news.jpg

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन्। यसअघि अन्तरिक्ष यान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरिक्ष कार्यक्रमको भविष्यकै बारेमा आशंका उत्पन्न भइरहेका समयमा रुसी वैज्ञानिकहरुलाई सफलता प्राप्त भएको हो।

कजाखिस्तानको झेखाजगान शहर नजिक अन्तरिक्ष यात्रीहरु सकुशल अवतरण गरेका थिए। पहिलो चरणमा पृथ्वीमा आइपुगेका अन्तरिक्ष यात्रीहरुमा नासाका अन्तरिक्ष यात्री आन क्याकक्लेन, वरिष्ट रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेन्को र क्यानाडाली अन्तरिक केन्द्रका डेभिड सेन्ट–ज्याक्स रहेका छन्।



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलले बिहीबार बताएका छन्। 



सशस्त्र हिंसात्मक युद्धबाट गुज्रिएको कम्बोडियालाई चीनले सोमबार बारुदी सुरुङ हटाउने उपकरण, भ्यान र मोटरसाइकल समेतका उपकरण सहयोग गरेको छ।

चीनले उपलब्ध गराएका सामग्रीहरुमा बारुदी सुरुङ पत्ता लगाउने डिटेक्टर, बारुदी सुरुङ विस्फोटबाट हुनसक्ने क्षतिबाट बचाउन विशेष कपडा र हेल्मेट, भ्यान, मोटरसाइकल समेत रहेका छन्।



भारतको पूर्वी राज्य झारखण्डमा बिहीबार भएको एक सडक दुर्घटनामा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन्। बस मङ्गलबार एक खाल्डोमा खसेपछि सो दुर्घटना भएको जनाइएको छ।



चिनियाँ दूरसञ्चार कम्पनी जेडटीई कर्पोरेसनले विश्वभर उच्चगतिको इन्टरनेट सेवासम्बन्धी २५ वटा व्यावसायिक फाइभ–जी सम्झौता गरेको मंगलबार जनाएको छ। क

म्पनीले फाइभ–जी सेवा प्रदान गर्न विश्वका ६० वटा मोबाइल सञ्चालन कम्पनीलाई सहयोग गरिरहेको पनि जनाएको छ।


 
संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ।

विश्वकै धनाढ्य एलन मस्कको अगुवाईमा स्थापित स्पेसएक्स कम्पनीको फाल्कन हेभी रकेट मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो। निकै कठिन मानिएको यस अभियान सफल भएको कम्पनीले जनाएको छ।



अफगानिस्तानको सरकारी सुरक्षा फौजले तालिबानले यसअघि कब्जामा लिएको बिलचिराग जिल्ला फिर्ता गराएको छ। उत्तरी अफगानिस्तानको फार्याब प्रान्तमा अवस्थित सो जिल्लामा यसअघि तालिबानले कब्जा जमाएका थिए। उक्त प्रान्तका प्रान्तीय गभर्नरले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी गराएका समाचारमा जनाइएको छ।



अमेरिकाले इरानलाई वार्ताका लागि प्रस्ताव गरेको भन्ने कुरा झुटो हो भन्ने उसले इरान र इरानी कूटनीतिज्ञविरूद्ध घोषणा गरेको नयाँ प्रतिवन्धबाट पुष्टि भएको इरानका राष्ट्रपति हसन रौहानीले मङ्गलबार बताएका छन्।



मौसम परिवर्तनले धनी र गरिबको बीचमा रंगभेदको शैलीमा सामाजिक विभेद ल्याउन सक्ने वातावरण विज्ञले बताएका छन्।

तीव्र गतिमा मौसम परिवर्तन भइरहेका कारण त्यस्का परिणामबाट बच्नका लागि सम्पन्न परिवारहले आवश्यक बन्दोबस्त गर्न सक्ने र जीवन सुरक्षा गर्न सक्ने हुनाले गरिब त्यो चुनौतीबाट बच्न नसक्ने कारणले यस्तो विभेदकारी परिस्थिती सिर्जना हुन सक्ने देखिएको हो।



स्यौंङ्ग्रि नामक दक्षिण कोरीयाली गायकले आफ्नो व्यान्ड विग व्याङको व्राण्ड प्रयोग गरि गैरकानुनी देह व्यापारमा संलग्न व्यक्तिहरुको संरक्षण गर्दै आएको कुरा प्रहरीको छापापछि खुल्न आएको छ।





प्रतिक्रिया