'क्लिनफिड' लागु भए व्यवसाय बन्द गर्छौं’ 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/tv_channals.jpg

काठमाडौं –केवल टिभी प्रदायकहरुले क्लिनफिड विधेयक कार्यान्वयन भए व्यवसाय बन्द गर्ने धम्की दिएका छन्। 

मंगलबार पत्रकार सम्मेलन गरी सरकारले हचुवाको भरमा क्लिनफिड लागु गर्न लागेको र यदी लागु गरिए व्यवसाय बन्द गर्ने धम्की दिएका हुन्। उनीहरुले सो विधेक कार्यान्वयन भएको खण्डमा नेपालमा केवल व्यवसाय नै धराशयी हुने बताए। 

इन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका संयोजक दिनेश सुवेदीले राज्यको जिम्मेवारी आफूहरुले वहन गरिरहेको अवस्थामा सरसल्लाह र छलफल नै नगरी ‘क्लिनफिड’ लागु गर्न लागेको आरोप लगाए।
 
उनले भने,‘यही अवस्थामा यो विधेयक कार्यान्वयन भए सम्पूर्ण व्यवसाय नै धराशयी बन्छ। सरकारले हचुवाको भरमा कुनै गृहकार्य नै नगरी यो नीति ल्याएको हो। राष्ट्रिय प्रशारण ऐनमार्फत आउनुपर्ने कुरा विज्ञापन ऐनमार्फत ल्याउन खोजियो। यसो गर्नु भनेको भएको उद्योग नै धराशीय बनाउनु हो।’

उनले सरकारले भिजिट नेपाल २०२० मनाउन गइरहेको अवस्थामा धेरै भन्दा धेरै विदेशी च्यानलमार्फत प्रचारप्रसार गर्नुपर्ने बेलामा उल्टै बन्द गराउन खोज्नु दुःखद् भएको पनि टिप्पणी गरे। उनले विदेशी विज्ञापनको ठाउँमा नेपाली विज्ञापन बजाउने हो भने आफुहरुलाई कुनै आपत्ति नहुनेपनि जिकिर गरे। क्लिनफिड लागु भए नेपालका लोकल मिडिया पनि बन्द हुने अवस्था आउनसक्ने उनले खतरा औंल्याए। 
https://www.nicasiabank.com/

नेपाल केवल टेलिभिजन महासङ्घका अध्यक्ष सुधिर पराजुलीले विज्ञापन विधेयक अव्यावहारिक रहेको बताए। उनले केवल टिभी प्रसारण गर्ने राष्ट्रिय नीति हुँदाहुँदै विज्ञापन ऐनअन्तर्गत राखेर विधेयक किन ल्याईयो भन्दै प्रश्न समेत गरे। 

उनले भने,‘यदि यो विधेयक संसदबाट पारित भई ऐनका रूपमा आयो भने हाम्रो अर्बौंको लगानी डुब्छ र हामीले व्यवसाय बन्द गर्नुपर्छ।’ उनले क्लिनफिड लागू हुँदा सेवा दिन सकिन्छ या सकिँदैन भनेर परीक्षणस्वरूप आफूहरुले हिजो दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्म २४ घण्टा विदेशी च्यानल बन्द गरेको पनि स्पष्ट पारे।
 
डिस होमका प्रवन्ध निर्देशक सुदिप आचार्यले क्लिनफिड विश्वभरि छ भनेर हावा फैलाईएको बताए। क्लिनफिड लागु भए नेपाली च्यानलमात्रै हेरेर आफूहरुले केवल सञ्चालन गर्न नसक्ने उनको दाबी छ। उनले भने,‘यदि यो विधेयक कार्यान्वयन भए हामी साँचो लगेर सरकारलाई बुझाउँछौं।’
 
कार्यक्रममा सशुल्क च्यानल वितरकका ध्रुब शर्माले क्लिनफिड लागु गर्नेबारे सरकारको तयारी नपुगेको सुनाए। उनले आफूहरुले सरकारको विरोध नगरेको जिकिर गरे। तर, हिजोदेखि आज दिउँसो ३ बजेसम्मे २४ घण्टाका लागि गरिएको विदेशी च्यानल वन्द रिहर्सल भएको उनको प्रतिक्रिया थियो। उनले भने,‘यी च्यानलहरु बन्द हुँदा उपभोक्तामा कस्तो असर पर्छ भनेर हामीले फिडब्याकमात्रै लिएका हौं। अरु केही पनि होईन।’

प्रतिक्रिया