रुपेन्देहीका ६ जना पत्रकार सम्मानित

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/sammanit_patrkar.jpg

भैरहवा- लुम्बिनी प्रेस क्लबको सहकार्यमा सिद्धार्थ नगरपालिकाले हरेक वर्ष प्रदान गर्दै आएको सिद्र्धाथ पत्रकारिता सम्मानबाट पत्रकार माधब ढुंगाना, शंकरप्रसाद पाण्डे र राधेश्याम विश्वकर्मा जनही १५ हजारसहित सम्मानित भएका छन्।

सम्मानित भएका पत्रकार ढुंगाना कान्तिपुर दैनिकका उपसम्पादक, पाण्डे रुपन्देही एफएमका स्टेशन म्यानेजर र विश्वकर्मा एपी वान टिभीका व्यूरो प्रमुखको रुपमा कार्यरत छन्।

सिद्धार्थनगरको विकास र समृद्धिको अभियानमा पत्रकारिता मार्फत योगदान पुराउने पत्रकारलाई गत वर्षदेखि उक्त सम्मान दिन थालिएको हो। गत वर्ष उक्त सम्मान पत्रकार नरेश केसीलाई नगद ५० हजार सहित प्रदान गरिएको थियो। 

यसैगरी नेपाल पत्रकार महासंघ रुपन्देही र सिद्धार्थ नगरपालिका भैरहवाको सहकार्यमा सञ्चालित सिद्धार्थ श्रमजिवी पत्रकारिता पुरस्कारबाट रुपन्देहीका ३ जना पत्रकार पुरस्कृत भएका छन्। 

https://www.nicasiabank.com/
सिद्धार्थनगरको उपप्रमुख उमा काफ्लेका अनुसार सिद्धार्थ श्रमजिवी पत्रकारिता पुरस्कार २०७३ बाट एबीसी टिभी तथा मेचीकाली दैनिकका भैरहवा सम्वाददाता दीपेश पछाई नगद ५ हजार सहित प्रमाणपत्रले पुरस्कृत भएका छन्।

यसैगरी सिद्धार्थ श्रमजिवी पत्रकारिता पुरस्कार २०७४ बाट नगद ५ हजार सहित लुम्बिनी टिभीको समाचार प्रमुख तथा सेतोपाटी सम्वाददाता भगवती पाण्डे पुरस्कृत भईन्। यसैगरी सिद्धार्थ श्रमजिबि पत्रकारिता २०७५ बाट रुपन्देही एफएममा कार्यरत पत्रकार दीपक गलामी पुरस्कृत भएका छन्। 

सम्मानित तथा पुरस्कृत पत्रकारहरुलाई नगर प्रमुख हरिप्रसाद अधिकारीले खादा दोसल्ला, प्रमाणपत्र र नगद रकम प्रदान गर्दै नगरको विकासमा पत्रकारिता क्षेत्रबाट मार्ग निर्देशन हुनेगरी सहयोगको अपेक्षा प्राप्त गरे।

नगर प्रमुख अधिकारीले नगरको आसन्न बजेटमा पत्रकारहरुकोलागी अक्षयकोष र पत्रकारिता तालीमकोलागी आवश्यक बजेट बिनियोजन गर्ने पनि बताए। 
 

प्रतिक्रिया