ललितपुर महानगरको सवा ५ अर्बको बजेट : पूँजीगत तर्फ ३९ प्रतिशत 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/Lalitpur_metro-copy_1.jpg

ललितपुर- ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/०७७ को लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ। 

मंगलबार ललितपुर महानगरपालिकाको चौथो नगरसभामा मेयर चिरिबाबु महर्जनले बजेट पेश गरेका हुन्।

महानगरले पूँजीगततर्फ कुल बजेटको ३९ प्रतिशत अर्थात् २ अर्व ७ करोड ३६ लाख ३ हजार बजेट विनियोजन भएको छ। मेयर महर्जनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै चालु खर्चका लागि कुल बजेटको ७४ प्रतिशत अर्थात् १ अर्व १२ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको बताए। 

यसैगरी आर्थिक विकासका लागि ७५ करोड ३४ लाख रुपैयाँ छ भने भने संस्थागत विकास र सुशासनका लागि २ करोड २५ लाख बजेट छुट्टाएको छ।

नेपालको संविधान, २०७२ र स्थानीय सरकार संचालन ऐन, २०७४ ले प्रदान गरेको कार्य जिम्मेवारी बहन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा १६ क्षेत्रहरुलाई प्राथमिकता दिइएको मेयर महर्जनले बताए।

बजेटमा सार्वजनिक सेवा प्रवाह, सुशासन, पारदर्शिता र जवाफदेहिता, रोजगारमुखी समावेशी विकास, संस्कृति सम्पदा संरक्षण, पुनर्निर्माण र पर्यटन विकासको माध्यमबाट आर्थिक वृद्धि, वातावरण मैत्री स्थानीय शासन व्यवस्था, बालमैत्री स्थानीय शासन व्यवस्था, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, अपाङ्गतामैत्री पूर्वाधार निर्माणलगायतलाई समेटिएको छ ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको पहुँचमा वृद्धि, भुकम्प पुननिर्माण र विपद न्युुनिकरण, निजि क्षेत्र, गैर सरकारी संस्था र नागरीक समाजसँग विकासमा साझेदारी, विषादिरहित करेसाबारी तथा कौसीखेती प्रवद्र्धन र कृषिमा आधुनिकिकरण, वडालाई विकासको केन्द्रविन्दु बनाउने अभियान, एकघर एक उद्दमको अवधारणालाई बजेटमा समेटिएको छ।

https://www.nicasiabank.com/
यसैगरी महानगरले ५ क्षेत्रगत नीतिहरु प्रस्ताव गरेको छ। 

पूर्वाधार विकास नीति अन्र्तगत सडक तथा ढल, भवन तथा सहरी विकास, खानेपानी तथा सिंचाई र सम्पदा छन्। 

सामाजिक विकास नीति अन्र्तगत लैङ्गिक समानता र समाजिक समावेशीकरण नीति, शिक्षा, जनस्वास्थ्य, संस्कृति संरक्षण र पर्यटन प्रर्वद्धन छन्। 
वातावरण तथा विपद व्यवस्थापन नीति र आर्थिक विकास नीति अन्र्तगत कृषि (हराभरा महानगर, स्वस्थ अनि प्राङ्गरिक कृषि बजार, वन र जडिबुटि, पशु सेवा र सहकारी छन्। 

संस्थागत विकास तथा सेवा प्रवाह अन्र्तगत विवाद समाधान तथा मेलमिलाप नीति, प्रशासनिक नीति, राजश्व नीति, आर्थीक प्रशासन नीति र नगर प्रहरी नीति रहेका छन्। 

सामाजिक सुरक्षाका लागि ४६ करोड, आर्थिक विकासका लागि ७५ करोड ३४ लाख ५ हजार, सामाजिक विकासका लागि १६ करोड ८४ लाख ४५ हजार, वातावरण तथा विपद व्यवस्थनपनमा १६ करोड ५५ लाख, संस्थागत विकास सेवा प्रवाह र सुशासनका लागि २ करोड २५ लाख, पूजी निर्माण अन्र्तगत ६ करोड १० लाख, अन्यत्र वर्गीकृत नभएका (विविध) अन्र्तगत ६ करोड ६६ लाख र जम्मा पुजीगत अन्र्तगत २ अर्ब ५६ करोड ६१ लाख ५३ हजार बजेट पनि विनियोजन गरिएको छ।

नगरसभामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अरु महानगरपालिकाको तुलनामा ललितपुर महानगरपालिका सबैभन्दा कम विवाद हुने र विकास निर्माण तथा सेवा प्रवाहमा अगाडि रहेको बताए। 
 

प्रतिक्रिया