गर्मीका कारण थप तीन दिन विद्यालय बन्द रहने

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/school_nepal.jpeg

जनकपुरधाम – लगातार बढ्दै गरेको गर्मीका कारण मध्य तराईको जनजीवन कष्टकर बन्दै गएको छ। अत्याधिक गर्मीका कारण सबैभन्दा बढी विद्यालय पढ्ने बालबालिकाहरु प्रभावित भएका छन्।

गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेपछि प्रदेश २ का अधिकांश जिल्लाहरुमा एक साता विद्यालय बन्द गरिएको थियो। तर एक साताको विदापछि पुनः विद्यालय सञ्चालनमा आउँदासमेत गर्मी कम नभएपछि वीरगंज महानगरपालिकाले थप तीनदिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

प्रचण्ड गर्मीको प्रतिकुल मौसमलाई मध्यनजर गरी ११ अषाढदेखि १३ अषाढसम्म वर्षे विदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्ने निर्णय महानगर कार्यालयले गरेको छ। अत्याधिक  गर्मीले विद्यार्थीहरु विद्यालयमै बेहोस  हुन  थालेपछि प्रदेश २  का  पालिकाहरुले एक साता विद्यालय बन्द गर्ने निर्णय गरेका थिए।
https://www.nicasiabank.com/

गर्मीका कारण बालबालिकाहरुमा शारीरिकका साथै मानसिक प्रभाव परेको चिकित्सकहरु बताउँछन्। अत्याधिक गर्मीले बालबालिकाहरुमा छालासम्बन्धी रोगका साथै जन्डीस, टाइफाइड र झाडापखाला बढेर गएको चिकित्सकहरु बताउँछन्। गर्मीले बालबालिकाको अध्ययनअध्यापनमा समेत गम्भीर असर परेको भन्दै बालरोग विशेषज्ञ डा. जामुन सिंहले यस्तो तापक्रममा पढेको कुरा दिमागमा राख्न सक्ने अवस्था नरहेको बताए। गर्मीका कारण बालबालिकाको मानसिक विकासमा प्रत्यक्ष असर परेको उनको भनाइ छ।

मनसुन सुरु भइसकेपनि प्रदेश २ मा हालसम्म वर्षा नहुँदा जनजीवन थप कष्टकर बन्दै गएको छ।

प्रतिक्रिया