सडकमा राखिएको बम निस्कृय   

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/bomb_dispose.jpg

फाइल तस्बिर।

धनगढी - बैतडीको महाकाली राजमार्ग अन्तर्गत सतबाँझ गोकुलेश्वर सडकखण्डको धरमघरमा राखिएको बम निष्कृय पारिएको छ। सडकको बीचमा राखिएको बम नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।
 
सडकमा बम राखेको खबर पाएपछि मंगलबार बिहानै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली धरमघर पुगेको थियो। मंगलबार बिहान दुई बजेतिर सडकमा बम राखेको खबर प्रहरीलाई प्राप्त भएको थियो। राति हिँडेका यात्रुले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए। सडकमा बम भएका कारण रोकिएका सवारी साधनहरुलाई स्कर्टिङ गरेर गन्तव्यमा पुर्याइएको थियो।

बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बम राखेको प्रहरीको भनाइ छ।




प्रतिक्रिया