सुनकोशीमा कार खस्यो : एकै परिवारका दुईको मृत्यु

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/car_accident.jpg

सिन्धुली- सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमेरेफाँटमा कार दुर्घटना हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । 

दुर्घटनामा अरु दुई घाइते भएका छन् । दुर्घटनामा कार चालककी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र चालकका दाजु ६० वर्षीय अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । 

यस्तै दुर्घटनामा कार चालक ५८ वर्षीय दीपक लामिछाने र मृतक अच्युतकी छोरी २६ वर्षीया छोरी आस्था लामिछाने घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

विपी राजमार्गअन्तर्गत खोटाङ हलेसीबाट काठमाडौँतर्फ जाँदै गरेको बा १३ च ३७९३ नंको कार सोमबार राति आफैँ अनियन्त्रित भई सडकबाट २०० मिटर तल सुनकोशी नदी किनार नजिक खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । 




प्रतिक्रिया