कैलालीको गौरीगंगा नगरपालिकामा बम विस्फोट

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/gauriganga_municipality.jpg

कैलाली- नेपाल बन्दको आह्वान गरेको विप्लव समुहले कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालयमा बम विस्फोट गराएको छ।

आज बिहान ४ बजे नगरपालिकाको कार्यालयमै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

राति १ बजे नगरपालिकाका सुरक्षा गार्ड र प्रहरीले १ जनालाई झोला नगरपालिकामा फालेर जंगलतिर गएको देखेपछि बिहान डिस्पोजका लागि टिम बोलाइएको थियो।
https://www.nicasiabank.com/

तर, डिस्पोज टिम पुग्नु अगावै बिहान ४ बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। बम विस्फोट भए पनि क्षति भने नभएको उनले बताए।

सो क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा बनाइएको उनले बताए।

प्रतिक्रिया