गाडी नपाएपछि उपप्रमुखले लगाइन नगरपालिकामा ताला

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/ramgopalpur_nagar_sita.jpg

महोत्तरी- नगरपरिषद्को  पूर्वसन्ध्यामा महोत्तरीको रामगोपालपुर  नगरपालिकाकी उपप्रमुखले कार्यालयमा तालाबन्दी गरेकी छिन् ।

नगरउपप्रमुख सीता देवीले गाडीको विषयमा असन्तुष्टि जनाउँदै कार्यालयमा सोमबार तालाबन्दी गरेकी हुन् ।  

आफूले चढ्ने गाडीमाथि नगरप्रमुख अशोककुमार मण्डलले कब्जा जमाएको र सोही कारण नगरयोजना तर्जुमा कार्यक्रम अगाडि बढ्न नसकेको तथा प्रमुखले केही वडाध्यक्षसँग मिलेर मनपर्दी रुपमा कर उठाउँदै आएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको उपप्रमुख साहले बताइन् । 

त्यस्तै नगरप्रमुखका स्वकीय सचिव रामजानकी मण्डलले उपप्रमुखको अधिकारमाथि हस्तक्षेप गरेको र यस सम्बन्धमा नगरप्रमुखले चासो नलिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताइन् । न्याय नपाएसम्म तालाबन्दी जारी रहने उनको भनाइ छ । 
https://www.nicasiabank.com/

सरकारी गाडीलाई उपप्रमुखले निजी काममा प्रयोग गर्दै आएकोले आफूले रोक्न खोज्दा विवाद भएको नगरप्रमुख मण्डलले बताए ।

उपप्रमुखले आफ्नो छोराको विवाह प्रायोजनका लागि गाडी दुरुपयोग गर्दै आएको नगरप्रमुख मण्डलको आरोप छ । नगरपालिकाको मुलगेटमा ताला लागेपछि मङ्गलबार हुने भनिएको नगरपरिषद् नहुने भएको छ ।   
 

प्रतिक्रिया