सम्पूर्ण अपडेट- आज के-के भयो ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/nepalsamaya_dinbhari_ns_copy_1.jpg

आज असार ९ गते साेमबार देशभर के–के भयो ? थाहा पाउनुहोस् नेपाल समय दिनभरी ।

स्वाभीमानी कांग्रेस खोज्‍‍ने बेला आयो : नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्वामिमानी कांग्रेस खोज्ने बेला आएको भन्दै नेतृत्वप्रति तीब्र असन्तुष्ठी जाहेर गरेका छन्।

महानगरका मुख्य चोकमा ‘हाइमास्ट’ बत्ती

काठमाडौं महानगरपालिकाले मुख्यमुख्य चोकमा सबैतिर उज्यालो दिने बत्ती ‘हाइमास्ट’ जडानको योजना बनाएको छ।

गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरसहित)

गुठी विधेयकविरुद्ध काठमाडौंको बसन्तपुरमा प्रदर्शन गरिएको छ। 

प्रहरीमा १० देखि ३६ प्रतिशतले रासन भत्ता वृद्धि

नेपाल प्रहरीमा रासनभत्ता बढ्ने भएको छ। भौगोलिक बनावट र सामानको मूल्यअनुसार फरक-फरक जिल्लामा फरक-फरक अनुपातमा रासन भक्ता वृद्धि हुनेछ।

पौडेल मारिनुको कारण एक हप्ताभित्र बुझाउन सरकारलाई निर्देशन

संसद्को राज्य व्यवस्था समितिले विप्लब समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाबारे एक हप्ताभित्र छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

प्रेस स्वतन्त्रताविरोधी कानून विरुद्ध कार्टून प्रदर्शन

सरकारले प्रेस स्वतन्त्रता विरोधी कानूनहरु ल्याउन लागेको भन्दै त्यसविरुद्ध काठमाडौंका कार्टून प्रदर्शन हुने भएको छ।

प्रदेश ५ को बजेट सबैभन्दा पहिले पारित

प्रदेश ५ ले आर्थिक वर्ष ०७६।०७७ को बजेट पारित गरेको छ।

पर्यटन पुस्तिका बनाउँदै धरान : जनकपुरदेखि पाथिभरासम्म समेटिने

धरान उपमहानगरपालिकाले पर्यटन प्रचार पुस्तिका  बनाउने भएको छ । 

सरकारले विकसित मुलुकसँग पनि श्रम सम्झौता गर्छ : मन्त्री विष्ट

सरकारले विकसित मुलुकसँगको श्रम सम्झौतालाई प्राथमिकतामा राखेको छ।

ट्रम्प किन जाँदैछन् दक्षिण कोरिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्न लागेका छन्। 

अभिनन्दनको जुँगालाई राष्ट्रिय जुँगा घोषणा गर्न माग

भारतीय कांग्रेसका सांसद अधीर रञ्जन चौधरीले विंग कमाण्डर अभिनन्दन वर्तमानको जुँगालाई राष्ट्रिय जुँगा घोषणा गर्न माग गरेका छन्।

नेपाललाई हिन्दु राज्य बनाउन छिमेकमा लबिङ

https://www.nicasiabank.com/

सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ‘नेपाल ढिलोचाँडो हिन्दु राष्ट्रका लागि तयार हुने’ अभिव्यक्ति सार्वजनिक गरेका छन्।

घरमा स्रोत नखुलेको सुन छ ? प्रहरीले समाउला नि !

अवैध सुन कारोबारमा संलग्नमाथि निगरानी बढाइएको छ। स्रोत नखुलेको र तोकिएभन्दा बढी सुन राख्नेमाथि प्रहरीले निगरानी बढाएको हो।

चियाको राजधानीमै चिया उद्योग बन्द गर्ने निर्णय

इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग बन्द गर्ने निर्णय गरेका छन्।

द्रूतमार्गको काम तोकिएकै समयमा सम्पन्न गर्न सेनालाई निर्देशन

संसदीय समितिले काठमाडौं–निजगढ दू्रतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएको छ।

गभर्नरले बैंकहरुलाई झपार्दै भने, ‘के बिहे गर्ने हो र प्रेम हुनैपर्ने ? ’

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले आगामी मौद्रिक नीति फोर्स मर्जरमा केन्द्रित हुने संकेत गरेका छन्।

विप्लव इन्चार्ज हत्याबारे गृहमन्त्रीको यस्तो जवाफ (भिडियोसहित)

नेत्रविक्रम चन्द विप्लव  समुहका कार्यकर्ता कुमार पौडेलको हत्याका विषयमा गृहमन्त्री रामबहादुर थापाले संसदीय समितिमा जवाफ दिएका छन् ।

असारमै आउने भयो भारतबाट पाइपमा पेट्रोल

भारतबाट यही असार महिनामै पाइपलाइनबाट इन्धन आउने भएको छ ।

सुमार्गीले कर छलेको ठहर : ४ अर्ब ३२ करोड तिर्नुपर्ने

चर्चित व्यवसायी अजय सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइटले पुँजीगत लाभकर स्वरुप ४ अर्ब ३२ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ ।

भारतीय सडकका कारण सयौँ नेपालीका घर डुबानमा

बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन् ।

प्रहरी कार्यलय भित्रै महिलाको शव फेला 

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका महेशवारीस्थित प्रहरी कार्यालयमा एक महिलाको  शव फेला परेको छ।

अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाईनलमा

कतारलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

विप्लव र कमल थापाबीच कनेक्सन !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को बचाउ गर्दै आएका छन्।

प्रतिक्रिया