सम्पूर्ण अपडेट- आज के-के भयो ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/nepalsamaya_dinbhari_ns-copy_1.jpg

आज असार ८ गते आइतबार देशभर के–के भयो ? थाहा पाउनुहोस् नेपाल समय दिनभरी ।

लोकसेवा विज्ञापनको अझै टुँगो लागेन

लोकसेवा आयोगले स्थानीय तहका जारी जारी गरेको विज्ञापनको विषय आइतबार पनि टुँगो लागेन।

बैचारिक रुपले क्लियर नभए कांग्रेस रहँदैनः उपसभापति निधि 

नेपाली कांग्रेसका उपसभापति एवं प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले बैचारिक रुपमा क्लियर (स्पष्ट) नहुने पार्टी रहन नसक्ने बताएका छन्। 

स्तरोन्नति गर्ने सहमतिपछि चाबहिल–साँखु सडक सूचारु

सडक तत्काल बनाउने सहमति भएपछि स्थानीयवासीद्वारा अवरोध गरिएको चाबहिल–साँखु सडकखण्ड आज (आइतबार) दिउँसोबाट खुलेको छ। 


प्रहरी र प्रदर्शनकारी बीच गौशालामा झडप 

बौद्धस्थित समता अस्पतालकी कर्मचारी विमला तामाङका आफन्तमाथि प्रहरी हस्तक्षेप भएको छ। 


राप्रपाका ३ आदर्श : पृथ्वीनारायण, बिपी र महेन्द्र

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाह, राजा महेन्द्र र बिपी कोइरालालाई आदर्श मान्ने निर्णय गरेको छ।


राजपा–समाजवादी एकताको चर्चा : समाजवादीका नेता नेकपातिर

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सत्तारुढ समाजवादीबीच एकीकरणको चर्चा पुनः चलेको छ।


दिल्लीमा महिला पत्रकारमाथि गोली प्रहार

भारतको राजधानी नयाँ दिल्लीमा एक महिला पत्रकारमाथि गोली प्रहार भएको छ । 


गण्डकी प्रदेश : प्रतिपक्षीसँग डराएर प्रदेशसभा पटकपटक स्थगित 

प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा विरोध गर्ने डरले गण्डकी प्रदेशसभा बैठक पटकपटक स्थगित भइरहेको छ।


'नेपालको ऋण दक्षिण एसियामै थोरै'

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको ऋण दक्षिण एसियामै सबैभन्दा कम रहेको दाबी गरेका छन् । 


बैंकिङ कसुरमा २१ करोडको मुद्दा दायर

महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर र ठगीमा रु २१ करोड ४९ लाख ३४ हजार १०० बराबरको मुद्दा दायर गरेको छ । 


ट्राफिक रमिते, बाटो काट्नेलाई रमाइलो (भिडियो)

सडक साझा हो । तर यसको प्रयोग आफूखुसी गर्न पाइँदैन। त्यहाँ पनि एउटा नियम र मर्यादा हुन्छ। 

रक्सीले मातेर घरै जलाए, श्रीमतीको मृत्यु

दार्चुलाको नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक व्यक्तिले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गरेका छन् ।

बसको ठक्करले मोटरसाइकलमा आगो लाग्यो, २ को मृत्यु 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना–६ कलौनेमा बसले मोटरसाइकललाई ठक्करदिदा २ जनाको मृत्यु भएको  छ।


उपप्रमुखले नै गरिन नगरपालिकामा तोडफोड

महोत्तरी जिल्लाको औरही नगरपालिकाकी उपप्रमुख रेणु झाले आफ्नै कार्यालयमा तोडफोड गरेकी छिन् । 

९ हजार पदका लागि साढे २ लाखको आवेदन

लोकसेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन विवादित बनेपनि आवदेन दिनेको संख्या भने अत्याधिक देखिएको छ ।

फराकिलो जितसँगै ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा

आयोजक राष्ट्र ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

महाधिवेशनका विषयमा कांग्रेसमा चर्कियो विवाद

नेपाली कांग्रेसभित्र १४ औं महाधिवेशन गर्ने कि पार्टीका अपूर्ण संरचनालाई पूर्णता दिने भन्नेमा विवाद चर्किएको छ। 





प्रतिक्रिया