विश्वविद्यालयबाट खोसिएका टि–सर्ट बाढी पीडितलाई

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/Skt.jpg

सुर्खेत- मध्यपश्चिमाञ्चाल विश्वविद्यालयको नवौं वार्षिक उत्सवबाट खोसिएका टि–सर्टहरु बाढी पीडितलाई वितरण गरिएको छ। कार्यक्रम स्थलबाटै खोसिएका टि–सर्टहरु आज सुर्खेतको गिरीघाटमा रहेका बाढी पीडितहरुलाई बाँडिएको हो।

वार्षिकोत्सवमा विश्वविद्यालयका पदाधिकारीहरुले काठमाडौंका निजी कलेजहरुले विज्ञापन गर्ने उद्देश्यले टि–सर्ट लगाएर विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले दुई बोरा टि–सर्ट खोसेका थिए।

‘पदाधिकारीहरुले विश्वविद्यालयको गरिमामाथि नै आँच पुग्ने गरी निजी कलेजहरुको प्रचार प्रसार गर्ने उद्देश्यले टि–सर्टमा वितरण गरेका थिए।’

अनेरास्ववियुका जिल्ला अध्यक्ष धुपेन्द्र शाहीले भने ‘खोसिएका टि–सर्टहरु बाढी पिडितलाई बुझाएका छौँ।’उत्सवमा प्रयोग गरिएका टि–सर्टले नीजि कलेजको प्रचार–प्रसार मात्र भएको नभई सिंगो विश्वविद्यालयको गरिमालाई समेत दाग लगाएको भन्दै संयुक्त रुपमा विद्यार्थी संगठनहरु विरोधमा उत्रिएका थिए।

https://www.nicasiabank.com/
टि–सर्ट खोस्न थालेपछि केही विद्यार्थी र प्रहरीबीच झडप समेत भएको थियो। कार्यक्रमस्थलमै संयुक्त विद्यार्थीहरुले नाराबाजी र ढुङ्गामुडा गरेका थिए। प्रहरीले विद्यार्थीहरुको आन्दोलनलाई तितरबितर पार्न खोजेपछि झडपसमेत भएको थियो।

झडपका क्रममा एकजना प्रहरी घाइते थिए।

आन्दोलनको क्रममा अनेरास्ववियु जिल्ला अध्यक्ष धुपेन्द्र बहादुर शाही, अखिल क्रान्तिकारी केन्द्रीय सचिब अमरजङ्ग शाही, अनेरास्ववियु केन्द्रयी अनुशासन आयोग सदस्य नविन योगी, नेबिसंघ नेता राजन विक, न्युटन ओली, नेता महेन्द्र थापा, सरोज नौपाने, गणेश शाही, चित्र सुनार, तिर्सना हमाल, ममता अधिकारी लगायतका प्रहरीले नियन्त्रणमा लिएको थियो।

झडपपछि विश्वविद्यालयले वार्षिकोत्सव कडा सुरक्षा घेराभित्र मनाएको थियो।
 

प्रतिक्रिया