ओली सरकारको दिनगन्ती सुरु : प्रकाशमान सिंह

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/IMG_2572.jpg

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको बताएका छन्। उनले गुठीलाई ओली नेतृत्वको सरकारले कुदृष्टिी लगाएको भन्दै सरकारको दिनगन्ती सुरु भएको जिकिर गरे।

गुठी विधेयकका विरुद्धमा आइतबार भएको प्रदर्शन कार्यक्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता सिंहले गुठीलाई कुदृष्टि लगाउनेहरु कहिल्यै कसैको भलो नभएको दाबी गरे।
‘पशुपतिनाथ चलाउन खोज्दा तत्कलीन प्रधानमन्त्री पुष्पकमल दाहाल र कुमारीजात्रालाई चलाउन खोज्दा बाबुराम भट्टराईको हालत के भयो ?’ सिंहले प्रश्न गरे। 

सिंहले संविधानको मर्म र भावना विपरितको गुठी विधेयक विरुद्ध संसदमा कुरा उठाइरहेको कांग्रेस आजदेखि सडक संघर्षमा उत्रिएको भन्दै यो सरकारलाई गल्ती सच्याउने मौका भने दिन सकिने बताए। उनले यो सरकारलाई गल्ती सच्याउने अवसर दिनुपर्ने र यदि नसच्चिए जनताको मतबाट आएको सरकार जनताले नै त्यसको टुँगो लगाईदिने चेतावनी दिए।

नेता सिंहले काठमाडौंका जनतालाई सामन्तीको संज्ञा दिइएको भन्दै उनले काठमाडौंवासीले विकसित गरेको संस्कृति, परम्पराले नै नेपाललाई विश्वमा चिनाएको स्मरण गराएका थिए। कांग्रेसले गरेको विरोध कार्यक्रममा काठमाडौंबाट निर्वाचित सांसदहरु भिमसेनदास प्रधान, गगन थापा, राजेन्द्र केसी, कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत, नविन्द्रराज जोशीलगायतले आफ्नो भनाई राखेका थिए।



प्रतिक्रिया