भारतले दियो सगरमाथाको फेदमा योग प्रशिक्षण

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/yoga.jpg

काठमाडौं- भारतले संसारको सर्वोच्च शिखर सगरमाथामा योग प्रशिक्षण दिएको छ। पाँचौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा तयारी स्वरुप भारतीय दूतावास काठमाडौंले सगरमाथा जाने नाम्चे बजारमा योग प्रशिक्षण दिएको हो। नाम्चे बजारबाट सगरमाथाको बेस क्याम्पसम्म योगाभ्यास गरिएको छ।

भारतीय दूतावास काठमाडौंले एक वक्तव्य जारी गर्दै यसको पुष्टी गरेको छ। दूतावासले दैनिक जीवनमा योगको महत्वबारे जानकारी गराउन र देशबासीबीच शान्ति र सद्भाव कायम गर्न योगाभ्यास गराइएको जनाएको छ। दूतावासका अनुसार राजदूत मञ्जीव सिंह पुरीसहित, सोलुखुम्बु क्षेत्रका स्थानीय, विभिन्न महिला तथा युवा संघ संगठनका सदस्य, सगरमाथा राष्ट्रिय निकुञ्जका अधिकारी तथा विदेशी पर्यटक योगमा सहभागी भएका थिए।
https://www.nicasiabank.com/

सगरमाथाको बेस क्याम्पमा पहिलो पटक यसरी योग गरिएको दूतावासले दाबी गरेको छ। समुद्र सतहदेखि १७ हजार ६०० फिट उचाईमा भारतको गुजरातका पर्वतारोही भारत शर्माले पनि योगाभ्यास गरेको दूतावासले उल्लेख गरेको छ। आगामी २१ जुनमा विश्व योग दिवस मनाईँदैछ। यसको सुरुवात सन् २०१५ मा भएको थियो। योग दिवसको अवधारणा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको महासभामा २७ सेप्टेम्बर २०१४ मा पेश गरेका थिए।
 

प्रतिक्रिया